2026-10-17 12:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा

2026-06-22

काठमाडौँ | बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सोमबार पदबाट राजीनामा दिएका छन्। भारी बहुमतका साथ निर्वाचित भएको दुई वर्ष पनि नपुग्दै उनले सत्तारुढ लेबर पार्टीको नेताबाट राजीनामा दिन लागेको र केही हप्ताभित्रै पद छोड्ने घोषणा गरेका छन्। स्टार्मरले लेबर पार्टीले नयाँ नेता चयन नगरेसम्म आफू कामचलाउ प्रधानमन्त्रीको रूपमा पदमा रहने बताएका छन्। यसले बेलायतलाई एक दशकमा सातौं प्रधानमन्त्रीको दिशातर्फ धकेल्नेछ।

सरकारको खस्कँदो साखलाई पुनर्जीवित गर्न सक्ने नयाँ नेतालाई सत्ता हस्तान्तरण गर्न चौतर्फी दबाब बढेपछि स्टार्मरले यो घोषणा गरेका हुन्। उनले जुलाई २०२४ को निर्वाचनमा लेबर पार्टीलाई सानदार जित दिलाएका थिए। तर त्यसयता उनको र पार्टीको लोकप्रियता निकै खस्किएको छ। बेलायतको संसदीय शासन प्रणाली अन्तर्गत संसद्मा बहुमत भएको दलको नेतृत्व जसले गर्छ, उही देशको प्रधानमन्त्री बन्ने प्रावधान छ।

स्टार्मरको लेबर पार्टीसँग हाल संसद्मा ठूलो बहुमत छ। त्यसैले, उनलाई प्रधानमन्त्रीको रूपमा प्रतिस्थापन गर्ने प्रक्रिया लेबर पार्टीले उनलाई आफ्नो नेताबाट हटाएर सुरु गर्नुपर्ने हुन्छ। स्टार्मरले आफूले लेबर पार्टीलाई नेतृत्व परिवर्तनको समयतालिका तय गर्न आग्रह गर्ने र उम्मेदवारहरूको मनोनयन जुलाई ९ तारिखदेखि खुला हुने बताए।

उनले नेतृत्वको प्रतिस्पर्धा पूरा नभएसम्म आफू पदमै रहने र सहज रूपमा सत्ता हस्तान्तरण सुनिश्चित गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन्। स्टार्मरले सेप्टेम्बरमा संसद्को हिउँदे अधिवेशन सुरु हुनुअगावै नयाँ नेता र प्रधानमन्त्री चयन भइसक्ने अपेक्षा गरेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु