२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिलिपिन्सको पर्यटन क्षेत्रमा कोभिड–१९ को व्यापक असर, ८ अर्ब डलर राजश्व गुम्यो

२०७७, २१ माघ बुधबार ०९:५३

माघ २१, मनिला । कोरोनाभाइरस महामारीका कारण पर्यटन क्षेत्रमा मन्दी आएसँगै फिलिपिन्सको पर्यटन राजश्वमा सन् २०२० मा झण्डै आठ अर्ब ३० करोड डलरभन्दा बढी कमी आएको छ । 

फिलिपिन्सको पर्यटन विभागका अनुसार सन् २०२० मा १३ लाख पर्यटकले मात्र फिलिपिन्सको भ्रमण गरेका थिए । पर्यटन उपसचिव रोबर्टो अलाबाडोले सन् २०१९ को तुलनामा फिलिपिन्समा झण्डै ८० प्रतिशत कम पर्यटक आएको संसदलाई जानकारी दिनुभयो । 

उहाँले सन् २०१९ मा झण्डै ८३ लाख पर्यटक फिलिपिन्स आएको बताउनुभयो । दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्समा पर्यटकको संख्यामा आएको व्यापक गिरावटका कारण झण्डै ५७ लाख व्यक्ति बेरोजगार भएको बताउनुभयो ।

फिलिपिन्सको तथ्याँक विभागका अनुसार सन् २०१९ मा फिलिपिन्सको अर्थतन्त्रमा पर्यटन उद्योगले करिब १२.७ प्रतिशत योगदान गरेको थियो ।अर्थतन्त्रमा पर्यटन क्षेत्रको ठूलो योगदान रहेकाले यसको पुनरुत्थानका लागि सरकारले विशेष पहल गर्नुपर्ने खाँचो रहेको पनि उहाँले बताउनुभयो ।

कोरोनाभाइरस महामारीका कारण फिलिपिन्स सहित छिमेकी देशहरुमा कडा लकडाउन गरिएका थिए । लकडाउनका कारण मुख्यरुपमा पर्यटकीय गतिविधिलाई व्यापक असर पारेको र ठूलो संख्यामा मानिसहरु अन्यत्र पलायन हुन बाध्य भएका थिए । 

हाल फिलिपिन्सले बिस्तारै देशभित्रको यात्रालाई सहजीकरण गर्न थालेको छ र स्वास्थ्य एवं सुरक्षाका मापदण्ड अपनाएर यात्रा अनुमति प्रदान गर्न थालिएको छ । तैपनि कमै मानिसले मात्र स्वास्थ्य जोखिम लिन चाहेको पाइएको छ ।

लकडाउन र अन्य प्रतिबन्धहरुका बाबजूद फिलिपिन्समा कोभिड–१९ बाट करिब ५ लाख २९ हजार संक्रमित भएका र तीमध्ये १० हजार ८७४ जनाको मृत्यु भएको थियो ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै