१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले भन्यो,भागरथी भट्टको बलात्कारीलाई तत्काल पक्राउ गर

३० माघ २०७७, शुक्रबार १२:१९

माघ ३०, काठमाडौँ । नेपाली कांग्रेसले बैतडीको दोगडाकेंदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गर्न माग गरेको छ । शुक्रबार कांग्रेस प्रवक्ता बिश्व प्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भागरथी भट्टको बलात्कारीलाई तत्काल पक्राउ गर्न माग गरेको हो । 

भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोश्रो साता हुँदा समेत पक्राउ नपर्नु,उनको शव अस्पतालमा रहनु र परिवारले पिदामाठी पिडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुखद र गम्भीर रूपमा लिएको जनाएको छ  । 

काँग्रेसले प्रधनमन्त्रीसँग उक्त घटनाको अनुसन्धान तिब्र बनाउँन,दोषीलाई अविलम्ब पक्राउ गर्न,देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन माग गरेको छ । यस्ता घटनाले सरकारको उदासीनतालाई प्रकट गरेको र अपराधको मानसिकता निरुत्साहित गर्न कानूनी चेतावनीको भाषालाई कमजोर समेत बनाएको कांग्रेसको ठहर छ  । 

कांग्रेसले बैतडी घटनाको स्थलगत अध्ययन गरि लिखित प्रतिवेदन पेश गर्न एवं भागरथीका परिवारसंग भेट गर्न केन्द्रीय समितिको प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य रमेश लेखकलाई बैतडी पठाएको छ ।

 'निर्मला पन्त प्रकरणका दोषी अझै कहिँ खुला घुमिरहेका छन् भने भागरथी र अरु धेरै छोरीको अपराधमा सलग्नहरु कानूनको कठघराभन्दा बाहिर छन्, विज्ञप्तिमा भनिएको छ, 'महिला उपर हिसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जादा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारक बनाउन सरकार समक्ष माग गर्दै नेपाली काग्रेस यस्ता घटना विरुद्ध सिंगो समाजको सजगताका लागि अपील गर्दछ।'

No description available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ