२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङमा कोदालो प्रहारबाट एकको हत्या, पाँच जना घाइते

४ फाल्गुन २०७७, मंगलवार ०३:१८

फागुन  ४, गलकोट (रासस) । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् । 

मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका स्थानीय ८४ वर्षीय यामबहादुर केसीको धवलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोदालो प्रहारबाट गम्भीर घाइते भएका ६५ वर्षीया विष्णुमति चापागाईँ र ३६ वर्षीया लक्ष्मी चापागाईँलाई धवलागिरि अस्पताल बागलुङमा उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा सिफारिस गरिएको छ ।

अन्य घाइते ३८ वर्षीया देवी गौतम, उहाँका छ वर्षीय छोरा अमृत गौतम र १९ वर्षीया छोरी अनिता गौतमको धवलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो । कोदालो प्रहार गर्ने सोमबहादुरलाई दोबिल्ला प्रहरी चौकी अक्षतेको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याइएको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो