१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रम ओली भन्छन्,वैज्ञानिक वन व्यवस्थापनका नाममा रूख सोत्तर गर्ने काम गलत

१८ फाल्गुन २०७७, मंगलवार ०८:३३

फागुन १८, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै प्रकारका वनको संरक्षण, प्रबन्ध, विकास, प्रतिफललगायत विषयमा ध्यान दिएको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले सरकारले वन र  वातावरण क्षेत्रमा अध्ययन गरेर मात्र कदम चाल्ने बताउनुभयो । 

परिषद्ले छलफल गरी वन तथा वातावरण क्षेत्रका विविध पक्षमा महत्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “निष्कर्षले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्नसमेत टेवा पुग्ने विश्वास छ । वन, वातावरण क्षेत्रलाई कसरी अझ बढी व्यवस्थित गर्न सकिन्छ भन्नेमा उपयोगी हुने गरी निष्कर्ष आउनेछ र यसले सरकारलाई नीति निर्माणमा योगदान हुनेछ ।” 

सामुदायिक वन उपभोक्ता समूहको योगदान नभएको भए अहिले मुलुकका धेरै वनमा मरुभूमीकरण भइसक्ने जनाउँदै उहाँले ४५ प्रतिशत वन क्षेत्र मुलुकका लागि गौरवको विषय भएको र यो नेपालका लागि मात्र नभई विश्वका लागि नै महत्वपूर्ण रहेको बताउनुभयो । वनको विविध उपयोगका लागि वन क्षेत्रलाई कृषि वनका रुपमा पनि विकास गर्नु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो ।  

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा सालका बूढा रूख सोत्तर गर्ने काम ठीक नभएको जनाउँदै सरकारले सो कदम गलत भएको ठहराई खारेज गरेको तर्क दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “वातावरण संरक्षणमा अग्ला रूखको  विशेष महत्व हुन्छ, त्यसको पूर्ति साना रूखबाट हुन सक्दैन तर ठूला रूख छिपिए मात्र काट्नुपर्छ । अनि मात्र दिगो व्यवस्थापन हुन्छ ।” उहाँले सरकारले जनताको चाहना र भावनानुसार मात्र नीति बनाउने जानकारी पनि दिनुभयो । 

दुई दिनसम्म चल्ने परिषद् बैठकमा मुलुकभरबाट ३०० भन्दा बढी सामुदायिक वनका प्रतिनिधि रहेको र छलफलपछि बुधबार घोषणापत्र जारी हुने महासङ्घले जनाएको छ । 

सामुदायिक वन उपभोक्ता समूहको वनमाथि अधिकार स्थापना, संरक्षण एवं प्रवद्र्धन गर्ने तथा उपभोक्ता समूहको क्षमता र नेतृत्व विकास गर्ने लक्ष्यसहित २०५२ साल जेठ १८ गते महासङ्घ स्थापना भएको हो । हालसम्म देशभर २२ हजार ४१५ सामुदायिक वन हस्तान्तरण भएका छन् जसमध्ये २९ लाख २७ हजार ३२९ घरधुरीले दुई लाख २७ हजार २५६ हेक्टर वनको व्यवस्थापन गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन