२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिबिसी मास्टर सेफ उपविजेता साहलाई बोर्डको सम्मान

२०७७, १८ फाल्गुन मंगलवार १६:२६

 फागुन १८, काठमाडौँ (रासस) । नेपाली खानालाई विश्वभर प्रवद्र्धन गरी देशको गौरव बढाएको भन्दै नेपाल पर्यटन बोर्डले ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् युके’ को उपविजेता नेपाली सेफ सन्तोष साहलाई सम्मान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा साहलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं बोर्डका अध्यक्ष यादवप्रसाद कोइराला र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले प्रमाणपत्र तथा खादा ओढाएर सम्मान गर्नुभयो ।

नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको शान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेल्नुभएको छ । भारत हुँदै बेलायतमा सेफ पेसामा जमेका साहले नेपाली खानालाई विश्वभर प्रवद्र्धन गर्ने योजना सुनाउनुभयो ।

साहले पाँच भाषामा पुस्तक प्रकाशन गर्दै हुनुहुन्छ । चर्चित पेन्गुइन पब्लिकेशनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ । पुस्तक प्रकाशनको कामका लागि पनि आफू नेपाल आएको साहले बताउनुभयो । खानाको विश्वव्यापी ‘रोडम्याप’ बनाएको र लण्डनबाटै यो अभियान शुरु गरिने उहाँले जानकारी दिनुभयो । 

नेपाललाई कृषि प्रधान मुलुक भनेझैँ ‘टुरिज्म’ प्रधान मुलुकको रुपमा स्थापित गराउन आफ्नो क्षेत्रबाट सक्दो भूमिका खेल्ने साहले बताउनुभयो । “हामीले आफ्नै खानालाई हेलचक्र्याइ ग¥यौं, खानाको महत्व बुझ्न र बुझाउन सके नेपालको समृद्धिमा योगदान पुग्नेछ ।’’ नेपालको सिरहाको करजन्हामा जन्मिएका साह हाल बेलायतमा बस्नुहुन्छ ।

सो अवसरमा सचिव कोइरालाले मानिसको कर्मले व्यक्तिलाई महान बनाउने र त्यसको उदाहरण सेफ साह आम नेपालीको प्रेरणाको स्रोत भएको उल्लेख  गर्नुभयो । उहाँले भन्नुभयो, “मान्छेको कर्मले महान बनाउँछ, हरेक कामको महत्व हुन्छ, बाँच्नका लागि मात्र हैन मातृभूमिप्रतिको स्नेहलाई रोक्न सक्दैन, मातृभूमि कति महत्व हुन्छ भन्ने कुरा सेफ साहको भावना र लगावले चरितार्थ गर्छ ।”

सचिव कोइरालाले नेपाली खानाको विश्वव्यापीकरणका लागि विशेष ब्राण्ड बनाएर प्रवद्र्धनलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपाललाई ‘ग्यास्ट्रोनोमी टुरिज्म डेस्टिनेशन’ को रुपमा विकास गर्न सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो । 

होटल एशोसिएशन अफ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले नेपाली खानालाई विश्वभर प्रवद्र्धन गरी नेपालको शान र पहिचानलाई बढाएकामा सेफ साहलाई धन्यवाद ज्ञापन गर्नुभयो । पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले पर्यटन बोर्डले नेपालमा भएका करीब २०० खानाको छनोटबाट केही  खानालाई ‘सिग्नेचर डिस’का रुपमा अगाडि ल्याउने काम गरेको बताउँदै सन्तोष साहको कामले यस अभियानलाई थप बल पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की