2026-07-10 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन आयोगले भन्यो, एमाले र माओवादी पुनः एकीकरण गर्ने भए १५ दिन भित्र निवेदन लिएर आउनु

2021-03-09

फागुन २५, काठमाडौँ  । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र बिच पुनः एकताको लागि १५ दिने समय दिएको छ । आयोगको मंगलबार बसको बैठकले एकीकरण भएर बनेको नेकपा बदर भएर यसअघिको पार्टी नेकपा एमाले र माओवादी नै कायम रहेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीलाई दिने निर्णय गरेको हो ।

निर्वाचन आयोगले दुई दल एकीकरण गर्ने भएमा केन्द्रिय समितिबाट एकिकरण गर्ने निर्णय गरी एकिकरण पछि बन्ने नयाँ दलको नाम र चुनाव चिन्ह समेत प्रस्ताव गरी १५ दिन भित्र निवेदन सहित आयोगमा उपस्थित हुन आग्रह गरेको छ ।

'दुई दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन २०७३ र राजनीतिक दल सम्बन्धि नियमावली २०७४ विपरित नहुने गरी दुवै दलले आ-आफ्नो केन्द्रिय समितिबाट एकिकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रुपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने नयाँ दलको नाम र चुनाव चिन्ह समेत प्रस्ताव गरी १५ दिन भित्र निवेदन सहित आयोगमा उपस्थित हुनका लागि नेकपा एमाले र माओवादीलाई जानकारी गराउने' आयोगले गरेको निर्णयमा भनिएको छ ।

यस्तै आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग दलको रुपमा कायम रहेको जानकारी समेत गराउने निर्णय गरेको छ । बैठकले नेकपा एमाले र माओवादी केन्द्र कायमै रहेको सूचना संसद सचिवालय र सातवटै प्रदेशसभालाई दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु