२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणहिटी दरबारमा राजारानीले हेर्ने सिनेमा हेर्न पाउने

२०७७, २ चैत्र सोमबार ०२:१९

चैत २, काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयमा  पुगेका  अवलोकनकर्ताहरूले  केही  समयपछि  तत्कालीन  राजपरिवारले  हेर्ने  गरेका  सिनेमा  तथा  डकुमेन्ट्री  हेर्न  पाउने  भएका छन् । नारायणहिटी  दरबारको  मूल  भवनमा  दशैँमा  टीका  थाप्ने  कक्षसँग  जोडिएको  सिनेमा हल दरबार हत्याकाण्डपछि बन्दै छ । दरबार अवलोकर्ताहरूको चासो र उत्सुकता सिनेमा  हलप्रति  हुने  गरेको  छ  ।  त्यसैले  सो  हल  खुला  गरी  अवलोकनकर्ताका  लागि  सिनेमा प्रदर्शन गर्न नारायणहिटी दरबार  सङ्ग्रहालय  विकास  समितिले तयारी थालको छ ।

सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले सिनेमा  हलका  बारेमा  धेरैले  जिज्ञासा राख्ने गरेको सुनाउँदै भने, “अब छिट्टै सिनेमा हलका कुर्सीमा बसेर  तत्कालीन  राजारानीले  हेरेका  सिनेमा  हेर्न पाइनेछ ।” झण्डै २० वर्षसम्म ‘प्रोजेक्टर हल’ रहेको सानो कोठामा सिनेमाका ती रिललाई थन्क्याइँदा ढुसी परेको छ । रिल छोप्ने प्रत्येक भाँडोलाई सङ्ग्रहालयका  कर्मचारीहरूले  मट्टीतेलले  सफा  गरिरहेका  छन्  भने  नेपाल  चलचित्र  संस्थानबाट अवकास पाइसकेका प्राविधिक भरतप्रसाद  नेपाल  रिललाई  सफा  गर्नेदेखि  अन्य मर्मतका कार्यमा व्यस्त छन् ।

उनले २०२६ सालदेखिका डकुमेन्ट्री तथा केही नेपाली चलचित्रको  रिल  रहेको  बताउँदै  भने,  “धेरैजसो रिललाई यहीँ सफा गर्न सकिन्छ । कतिपयको  अवस्था  जीर्ण  भएकाले  भारतमा  पठाउनुपर्ने हुनसक्छ ।” दरबारको सिनेमा हलमा दुईवटा प्रोजेक्टर छन् । तिनलाई सामान्य मर्मतपछि सञ्चालनमा ल्याउन  सकिन्छ  ।

सङ्ग्रहालयका  कार्यकारी  निर्देशक दाहालले सकेसम्म आउँदो वैशाखबाट सिनेमा  प्रदर्शन  गर्ने  तयारी  गरिएको  बताउँदै  थपे,  “अवलोकनकर्ताहरूलाई  समय  तोकेर पालैपालो सिनेमा देखाइनेछ ।” तत्कालीन राजपरिवारका  सदस्य  एवं  शाही  नातेदारहरूले  प्रायः  शुक्रबार  सिनेमा  हेर्ने  गर्नुहुन्थ्यो । विदेशी सिनेमाहरू उपत्यकाका सिनेमा हलबाट रिल  राजपरिवारलाई  देखाइन्थ्यो । सिनेमामा ११६ वटा  सिट  छन्  ।  पाँचवटा  सोफा  राखिएका  छन्  ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो