१४ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलमा कोभिडबाट मृत्यु हुनेको संख्या २ लाख ८० हजारको नजिक

३ चैत्र २०७७, मंगलवार ०६:०७

चैत ३, ब्राजिल । ब्राजिलमा कोभिड १९ को संक्रमणबाट अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या २ लाख ८० हजारको नजिक पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।सोमबारको एक समाचारअनुसार यो संक्रमणबाट २ लाख ७९ हजार २३९ जनाको ज्यान गएको बताइएको छ । गएको २४ घन्टायता मात्र पनि यहाँका एक हजार जनाभन्दा बढीको ज्यान गएको छ । अहिले पनि यहाँ संक्रमित हुनेको संख्या नघटेको बताइएको छ ।

यसरी यहाँका अधिकारीहरुले दिएको जानकारी अनुसार यो संक्रमण ब्राजिलमा दिन प्रतिदिन बढिरहेको छ । मृत्यु हुनेहरुमा पछिल्लो समयमा २० देखि ५० वर्षसम्मका नागरिक रहेका पनि बताइएको छ ।यो संक्रमणबाट यहाँका १ करोड १५ लाख भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार यहाँ कोभिड १९ बाट संक्रमित हुनेको संख्या १ करोड १५ लाख १९ हजार ६०९ जना पुगेको छ । यसका साथै यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको बताइएको छ ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुुसार यहाँका प्रति एक लाख संक्रमणमध्ये ५ हजार ४८२ जनामा यो संक्रमण हुने गरेको छ । त्यस्तै यहाँका प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत यु–१९ एसिया कप : आज पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्दै यस्तो रहने छ आजको मौसम ! रविलाई ल्याईंदै गर्दा त्रिभुवन विमानस्थलमा कडा सुरक्षा तैनाथी एनपीएल खेल्न नेपाल आइपुगे न्यूजिल्याण्डका मार्टिन रास्वपा लक्षित विश्वप्रकाशको टिप्पणी- स्वतन्त्र नाम राखेर असन्तुष्टिलाई क्याच गरेर ठगीको प्रयास भयो अन्तशुल्क स्टिकर खरिदमा घोटला : विकल पौडेललाई ८ वर्ष कैदको फैसला काठमाडौं आइपुगे कमेडियन सुनील ग्रोवर रवि लामिछानेलाई काठमाडौं ल्याइँदै, एयरपोर्टमा जम्मा हुन रास्वपाको आग्रह ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउँदै टिकटक, किन? कमेडी सिरियल ‘गजब छ बा’ शनिबारदेखि प्रसारणमा आउँदै उत्तर प्रदेशमा कार दुर्घटनाः गुगल म्याप र निर्माण विभागमाथि मुद्दा, घटनाबारे के भन्छ गुगल? नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत: कोठा र काम पाउन निकै मुस्किल प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीमा परराष्ट्रमन्त्री राणा चीन प्रस्थान कार्तिक आर्यनको करियरको सबैभन्दा धेरै कमाउने फिल्म ‘भूल भुलैया ३’, अहिलेसम्म कति कमायो? निर्वाचन प्रभावित गर्न खोजेको भन्दै एमाले नेताहरू सवार सरकारी गाडी नियन्त्रणमा स्वामीकार्तिक खापरमा आफ्नो उम्मेदवारले एमालेको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादीभित्र विवाद! दक्षिण भारतीय अभिनेता धनुषद्वारा नयनताराविरुद्ध अदालतमा मुद्दा दायर बाराका क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य आरोपी सात महिनापछि पक्राउ सानो गौचरनमा काठमाडाैं महानगरले स्टेडियम बनाउँदै, उपप्रमुख डंगाेलले गरिन् शिलान्यास