२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

२०७७, ७ चैत्र शनिबार ०४:१९

चैत ७, काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित एक अध्ययनले देखाएको छ। कोरोना पुनः संक्रमण सम्भावनासम्बन्धी डेनमार्कमा भएको एक बृहत् अध्ययनले शून्य दशमलब ६५ प्रतिशतमा मात्र दोस्रोपटक पिसिआर परीक्षण पोजेटिभ देखाएको छ।  

अध्ययनले ६५ वर्ष उमेरभन्दा कम उमेरका मानिस भाइरसबाट ८० प्रतिशतले सुरक्षित हुने तर ६५ वर्ष उमेरमाथिका ४७ प्रतिशत मात्र सुरक्षित रहने देखाएको छ।  

डेनमार्कको स्टेटन्स सेरम इन्स्टिच्युट, कोपेनहेगन विश्वविद्यालय र स्विडेनमा रहेको युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलले गरेको उक्त अध्ययनले संक्रमण भएको ६ महिनापछि सुरक्षाको स्तर घट्ने प्रमाण नभेटिएको देखाएको छ। अध्ययन नतिजाले वृद्धहरूलाई भाइरसबाट बढी सुरक्षित गर्न यसअघि अवलम्बन गरिएका रणनीतिलाई सही प्रमाणित गरेको मेडिकल जर्नल ल्यान्सेटले जनाएको छ।

‘यो अध्ययनले भाइरसबाट संक्रमित भइसकेका वृद्धहरूले खोप लगाउनुपर्ने देखाएको छ,’ उक्त जर्नलद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ। यसअघि भएका अध्ययनले पनि संक्रमित भइसकेकाहरू कम्तीमा ६ महिनासम्म सुरक्षित रहने देखाएका थिए तर यो अध्ययनले सुरक्षाको समग्र स्तर राम्रो रहेको र यो सुरक्षा उमेर समूहअनुसार फरकफरक हुने देखाएको छ। अध्ययन नतिजालाई प्रकाश पार्दै स्टेटन्स सेरम इन्स्टिच्युटका डा। स्टिन इथेलबर्गले यो अध्ययनले पुनः संक्रमण दरसम्बन्धी यसअघि भएका अध्ययनको नजितालाई पुष्टि गरेको बताए।  

‘हाम्रो अध्ययनले युवा तथा स्वस्थ मानिसमा पुन संक्रमणको सम्भावना विरलै रहने देखाएको छ तर वृद्धहरूमा यो जोखिम अत्यधिक देखिएको छ। वृद्धमा भाइरसको लक्षण पनि देखिने र मृत्युको सम्भावना पनि अत्यधिक हुँदा यो अध्ययनले त्यो समूहको सुरक्षाका लागि नीतिगत व्यवस्था गर्नुपर्ने देखाएको छ’, उनले भने। यो समाचार आजको नागरिक दैनिकमा होली इलियाटले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो