साउन २४, काठमाडौं । भारतको बिहारबाट गत बिहीबार अपहरणमा परेकी एक बालिकाको नेपाल प्रहरीले विराटनगरबाट उद्धार गरेको छ । स्कुलबाट छुट्टी भएलगत्तै अपहरणमा परेकी ४ वर्षीया बालिका स्पर्श अग्रवाललाई नेपाल प्रहरीले सकुशल उद्धार गरेको हो ।

ति बालिकालाई अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, काठमाडौं । भारतको बिहारबाट गत बिहीबार अपहरणमा परेकी एक बालिकाको नेपाल प्रहरीले विराटनगरबाट उद्धार गरेको छ । स्कुलबाट छुट्टी भएलगत्तै अपहरणमा परेकी ४ वर्षीया बालिका स्पर्श अग्रवाललाई नेपाल प्रहरीले सकुशल उद्धार गरेको हो ।

ति बालिकालाई अ"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतबाट अपहरण परेकि भारतीय बालिकाको नेपाल प्रहरीद्वारा उद्धार

२४ श्रावण २०७३, सोमबार ०८:००

साउन २४, काठमाडौं । भारतको बिहारबाट गत बिहीबार अपहरणमा परेकी एक बालिकाको नेपाल प्रहरीले विराटनगरबाट उद्धार गरेको छ । स्कुलबाट छुट्टी भएलगत्तै अपहरणमा परेकी ४ वर्षीया बालिका स्पर्श अग्रवाललाई नेपाल प्रहरीले सकुशल उद्धार गरेको हो ।

ति बालिकालाई अपहरण गरेर नेपाल ल्याएको खबर पाएलगत्तै क्षेत्रीय प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले अनुसन्धान सुरु गरेको थियो । सिआइबी र क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले चार दिनपछि ति बालिकालाई सकुशल अपहरणमुक्त गराएको हो । ति बालिका बिहारको कटिहारस्थित पेट्रोलपम्प सञ्चालन गर्दै आएका भानु अग्रवालकि छोरी हुन् ।

प्रहरीको अनुसार पेट्रोल पम्प सञ्चालक भानुकै ड्राइभर मिथुन पासवानले बालिकाको अपहरण गरेको खुलाशा भएको छ । साथै ति ड्राईभरलाई विराटनगरका दिनेश गुप्ता र अर्का एक जना ड्राइभरले अपहरणमा सहयोग गरेका थिए । उनीहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

अपहरणका मुख्य योजनाकार मिथुन पासवानले बालिकालाई नम्बर प्लेट नखुलेको मोटरसाइकलमा राखेर नेपाल ल्याएर विराटनगरको भण्टाबारीमा राखे त्यसपछि ति अपहरणकारीहरुले भोलिपल्ट त्यहाँबाट भेडेटारस्थित एक होटलमा राखेको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानमा सिआइबीले प्राबिधिक सहयोग गरेको थियो । सीआइबिकै सूचनाको आधारमा दिनेश गुप्ता पक्राउ परेपछि बालिका राखिएको ठाउँ पत्ता लागेको हो । बालिकाको परिवारसँग अपहरणकारीले एक करोड रुपैयाँ फिरौती माग गरेका थिए । तर नेपाल प्रहरीको सक्रियताका कारण बालिकाको सकुशल उद्धार मात्र भइनन उनीहरुले अपहरणकारीहरुलाई फिरौती समेत बुझाउनु परेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार