२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फागुनमा मात्र बैङ्कहरूले साढे छ अर्ब नाफा थपे : कसले कति ?

२०७७, २२ चैत्र आईतवार ०२:११

चैत २२, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को फागुनमा वाणिज्य बैङ्कहरूले साढे छ अर्ब नाफा थपे । कोरोना सङ्क्रमणबीच पनि बैङ्कहरूको नाफाको ग्राफ घट्नु परेको छैन । फागुन मसान्तसम्म करिब ४२ अर्ब नाफा आर्जन गर्दै वाणिज्य बैङ्कहरू सुरक्षित अवस्थामा छन् ।

नेपाल राष्ट्र बैङ्कका अनुसार हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कको नाफा फागुन महिनासम्म ४१ अर्ब ९५ करोड ९० लाख २० हजार रुपियाँ पुगेको छ । माघ महिनासम्म बैङ्कहरूको यस्तो नाफा ३५ अर्ब ९५ करोड ५६ लाख ८० हजार रुपियाँ रहेको थियो ।

चालू आर्थिक वर्षको फागुनमा सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा नबिल बैङ्क सबैभन्दा माथि छ । अघिल्लो महिना तेस्रो स्थानमा रहेको सो बैङ्कले फागुनमा तीन अर्ब १२ करोड ८८ लाख २० हजार खुद नाफा कमाएर पहिलो बनेको हो ।

अघिल्लो महिना नबिलभन्दा माथि रहेको ग्लोबल आईएमई बैङ्क दोस्रो स्थानमा आएको छ । सो बैङ्कले फागुनमा तीन अर्ब आठ करोड ९५ लाख २० हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको तथ्याङ्क छ । दुई अर्ब ७८ करोड २१ लाख ३० हजार रुपियाँ नाफासहित एनआईसी एसिया तेस्रो स्थानमा छ ।

फागुनमा दुई अर्बमाथि नाफा गर्ने बैङ्कको सूचीमा एनआईसी एसियासहित प्राइम कमर्सियल, एनएमबी र नेपाल इन्भेस्टमेन्ट बैङ्क रहेका छन् ।

प्राइमले दुई अर्ब ४० करोड ४४ लाख रुपियाँ, एनएमबीले दुई अर्ब १९ करोड ८२ लाख ५० हजार तथा नेपाल इन्भेस्टमेन्ट बैङ्कले दुई अर्ब ४३ करोड छ लाख ४० हजार रुपियाँ मुनाफा आर्जन गरेका छन् ।

यस्तै एक अर्बमाथि नाफा आर्जन गर्ने बैङ्कहरूमा नेपाल बैङ्क, सिद्धार्थ बैङ्क, प्रभु बैङ्क, मेगा बैङ्क, सानिमा बैङ्क, कृषि विकास बैङ्क, एभरेस्ट बैङ्क, माछापुछ«े बैङ्क, कुमारी बैङ्क, सिटिजन्स बैङ्क, लक्ष्मी बैङ्क, सनराइज बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

एक अर्बभन्दा तल नाफा रहेका बैङ्कहरूमा नेपाल क्रेडिट एन्ड कमर्स बैङ्क, हिमालयन बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, नेपाल एसबीआई बैङ्क, बैङ्क अफ काठमाण्डू, सेन्चुरी कमर्सियल बैङ्क, सिभिल बैङ्क र नेपाल बङ्गलादेश बैङ्क रहेका छन् ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो