२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक सातामै ४० अर्ब रुपियाँ निक्षेप सङ्कलन

२०७७, २९ चैत्र आईतवार ०२:४८

चैत २९, काठमाडौं । लामो समयपछि वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढेको छ । बैङ्कहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको छ । यसअघि कर्जा प्रवाह बढी र निक्षेप सङ्कलन कम हुने गरेको थियो । नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जाको रकम बजारमा पठाएपछि बैङ्कहरूको निक्षेप ह्वात्तै बढेको हो ।

कोरोना प्रभावित उद्योग–व्यवसायलाई दिएको पुनर्कर्जाबापतको रकम रिलिज भएपछि बैङ्कहरूमा एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको हो ।

पछिल्लो समयमा कर्जाको माग उच्च भएका कारण निक्षेपको करिब तीन गुणासम्म कर्जा लगानी गरेका बैङ्कहरूलाई चैत महिनाको तेस्रो सातामा निक्षेप बढेपछि सहज भएको छ ।

कोरोनाका कारण प्रभावित भएको आर्थिक क्षेत्रले गति लिएसँगै बैङ्कहरूमा कर्जाको माग बढेपछि बैङ्कहरूमा पनि कर्जा विस्तार बढ्दो क्रममा थियो ।

नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार फागुन महिनाभर ४० अर्ब निक्षेप सङ्कलन गरेका वाणिज्य बैङ्कहरूले चैत महिनाको तेस्रो सातामा मात्रै ४० अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् ।

सोही अवधिमा बैङ्कहरूको कर्जा लगानी ३८ अर्ब रुपियाँमा सीमित रहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो