११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको उत्तर प्रदेशमा आइतबार देखि लकडाउन, मास्क नलगाए १ हजार जरिवाना

३ बैशाख २०७८, शुक्रबार ०९:२१

बैशाख ३, काठमाडौँ । भारतको उत्तर प्रदेश सरकारले आइतबार देखि लकडाउन लगाउने निर्णय गरेको छ । पछिल्लो समय कोरोनाको संक्रमण दर बढ्दै गएकाले आइतबार देखि लकडाउन लगाउने  निर्णय प्रदेश सरकाले गरेको हो । 

शुक्रबार प्रदेश सरकाले मास्क नलगाए १ हजार र दोस्रो पटक पनि मास्क नलगाइएको पाइए १० हजार जरिवाना गरिने बताएको छ । उक्त अवधिमा सबै ग्रामीण र सहरी क्षेत्रहरूमा सरसफाइ र आपतकालीन सेवाहरू सञ्चालन हुने छन् ।

यसअघि मुख्यमन्त्री योगी आदित्यनाथले कोभिड व्यवस्थापनको सम्बन्धमा जिल्लाका सबै अधिकारीहरुलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका थिए । सरकारी र निजी प्रयोगशालाहरूमा पूर्ण क्षमतामा 

कोभिड परीक्षण गर्न मुख्यमन्त्रीले निर्देशन दिएका छन् । 

बिहिबार भारतको दिल्ली सरकारले कोरोनाका संक्रमितहरुको संख्या बढ्दै गएपछि कर्फ्यु लगाइएको छ । भारतमा पछिल्लो समय कोरोनाको संक्रमण तिब्र रुपमा फैलिएको छ । बिहिबार मात्रै भारतमा हाल सम्मकै सर्वाधिक २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको छ । बिहीबार एकैदिनमा एक हजार १८५ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७४ हजार नाघेको छ ।पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुदै आएका थिए भने, बुधबार र बिहीबार २ लाख भन्दा बढी सङ्क्रमित भएका हुन्  । 

यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी