साउन २५, काठमाडौँ । पैदल यात्रीले ट्राफिक नियम उल्लङ्घन गरेर जथाभावी बाटो काटिरहनुभएको छ भन्ने अब सचेत रहनुहोला ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, काठमाडौँ । पैदल यात्रीले ट्राफिक नियम उल्लङ्घन गरेर जथाभावी बाटो काटिरहनुभएको छ भन्ने अब सचेत रहनुहोला । 
२०८२, २३ चैत्र सोमबार
काठमाडौँ - KTM

ट्राफिक नियम उल्लङ्घन गरे पैदल यात्रुले पनि कक्षा लिनुपर्ने

२०७३, २५ श्रावण मंगलवार १२:१६

साउन २५, काठमाडौँ । पैदल यात्रीले ट्राफिक नियम उल्लङ्घन गरेर जथाभावी बाटो काटिरहनुभएको छ भन्ने अब सचेत रहनुहोला । 

ट्राफिक प्रहरीले अब तपार्इंलाई त्यतिकै छाड्नेवाला छैनन् । अब तपार्इं पैदल यात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लङ्घन गर्नेले जस्तै ट्राफिक नियमसम्बन्धी कक्षा लिनुपर्नेछ । 

ट्राफिक प्रहरी महाशाखाले पैदल यात्रीले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरेर त्यस्ता बटुवालाई समातेर एक घन्टाको कक्षा लिनुपर्ने व्यवस्था गर्न थालेको छ । 

महाशाखाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम पालना नगर्ने र तोकिएको जेब्राक्रसबाट बाटो नकाट्ने पैदल यात्रीलाई समातेर एक घन्टाको सचेतना कक्षा दिने तयारी थालेको जानकारी गराउनुभयो । 

उहाँका अनुसार ट्राफिकले भदौ १ गतेबाट ट्राफिक नियम उल्लङ्घन गर्ने पैदल यात्रीलाई सचेतना कक्षा दिइनेछ । सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ । “ट्राफिक नियम पालना नगर्ने पैदल यात्रीलाई पनि ट्राफिक नियमबारे सचेतना कक्षा सञ्चालन गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “बाटो काट्दा नियम पालना नगर्नेलाई तत्काल समाती एक घन्टाको कक्षा दिनेछौँ ।” 

ट्राफिक प्रहरीले समाते भने कक्षा नलिई आफ्नो काममा पैदल यात्री जान पाउने छैनन् । 

ट्राफिक प्रहरीले उपत्यकामा दुर्घटनामा पैदल यात्रुको धेरै ज्यान जान थालेपछि साउन महिनाभरि नै ‘पैदल यात्रु सुरक्षा अभियान’ नै सञ्चालन गरेको छ । गत वर्ष उपत्यकामा १६५ मध्ये ६६ जना पैदल यात्रीको सवारी दुर्घटनामा ज्यान गएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी