साउन २५, काठमाडौँ । पैदल यात्रीले ट्राफिक नियम उल्लङ्घन गरेर जथाभावी बाटो काटिरहनुभएको छ भन्ने अब सचेत रहनुहोला ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, काठमाडौँ । पैदल यात्रीले ट्राफिक नियम उल्लङ्घन गरेर जथाभावी बाटो काटिरहनुभएको छ भन्ने अब सचेत रहनुहोला । 
१७ माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

ट्राफिक नियम उल्लङ्घन गरे पैदल यात्रुले पनि कक्षा लिनुपर्ने

२५ श्रावण २०७३, मंगलवार १२:१६

साउन २५, काठमाडौँ । पैदल यात्रीले ट्राफिक नियम उल्लङ्घन गरेर जथाभावी बाटो काटिरहनुभएको छ भन्ने अब सचेत रहनुहोला । 

ट्राफिक प्रहरीले अब तपार्इंलाई त्यतिकै छाड्नेवाला छैनन् । अब तपार्इं पैदल यात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लङ्घन गर्नेले जस्तै ट्राफिक नियमसम्बन्धी कक्षा लिनुपर्नेछ । 

ट्राफिक प्रहरी महाशाखाले पैदल यात्रीले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरेर त्यस्ता बटुवालाई समातेर एक घन्टाको कक्षा लिनुपर्ने व्यवस्था गर्न थालेको छ । 

महाशाखाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम पालना नगर्ने र तोकिएको जेब्राक्रसबाट बाटो नकाट्ने पैदल यात्रीलाई समातेर एक घन्टाको सचेतना कक्षा दिने तयारी थालेको जानकारी गराउनुभयो । 

उहाँका अनुसार ट्राफिकले भदौ १ गतेबाट ट्राफिक नियम उल्लङ्घन गर्ने पैदल यात्रीलाई सचेतना कक्षा दिइनेछ । सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ । “ट्राफिक नियम पालना नगर्ने पैदल यात्रीलाई पनि ट्राफिक नियमबारे सचेतना कक्षा सञ्चालन गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “बाटो काट्दा नियम पालना नगर्नेलाई तत्काल समाती एक घन्टाको कक्षा दिनेछौँ ।” 

ट्राफिक प्रहरीले समाते भने कक्षा नलिई आफ्नो काममा पैदल यात्री जान पाउने छैनन् । 

ट्राफिक प्रहरीले उपत्यकामा दुर्घटनामा पैदल यात्रुको धेरै ज्यान जान थालेपछि साउन महिनाभरि नै ‘पैदल यात्रु सुरक्षा अभियान’ नै सञ्चालन गरेको छ । गत वर्ष उपत्यकामा १६५ मध्ये ६६ जना पैदल यात्रीको सवारी दुर्घटनामा ज्यान गएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक