३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाङ्घाई नजिक आँधीका कारण कम्तिमा ११ को मृत्यु

१८ बैशाख २०७८, शनिबार १०:२२

वैशाख १८, शाङ्घाई (रासस/एएफपी)। शाङ्घाईको नजिकैको एउटा शहरमा शुक्रबार साँझ आएको घातक आँधीबेरीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको चिनियाँ अधिकारीहरूले शनिबार बताएका छन् । 

शुक्रबार साँझ माछा मार्न गएका माछा मार्ने डुङ्गामा रहेका नौ जना आँधीपछि सम्पर्कमा आएका छैनन् तर सोही डुङ्गाका अन्य दुई जनालाई सकुशल उद्धार गरिएको छ । याङ्जे नदीको उत्तरी किनारमा रहेको ८० लाख जनसङ्ख्या रहेको नान्तोङ शहर र वरपरका क्षेत्रमा ठूला असिनासहित आएको आँधीबेरीमा परी उनीहरूको मृत्यु भएको चिनियाँ वेबसाइट ‘ट्यूटियाओ डटकम’ले जनाएको छ । 

आँधीपछि कतिपय मृतकहरू रूख र बिजुलीको खम्बाले थिचिएको अवस्थामा भेटिएका थिए भने अन्यलाई बतासले पानीमा फ्याँकिएको अवस्थामा पाइएको स्थानीय अधिकारीहरूले सामाजिक सञ्जाल ओइवोमार्फत् जानकारी गराएका छन् । आँधीका कारण कम्तीमा १०२ जना घाइते भएका छन्, धेरै घरहरू भत्किएका छन् भने करिब तीन हजार स्थानीयलाई सुरक्षितस्थलमा सारिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट