३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका प्रवेश गर्न पाउने आप्रबासी शरणार्थी सङ्ख्यामा चार गुणा वृद्धि

२१ बैशाख २०७८, मंगलवार ०८:३०

वैशाख  २१, वासिङ्टन (रासस/एपी)। अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको सङ्ख्यालाई १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रबासी शरणार्थीबारे लिएको कडा कदमपछि अमेरिकाले बार्षिक १५ हजार शरणार्थीलाई मात्र अमेरिका प्रवेश गर्न दिने व्यवस्था गरिएको थियो ।

ट्रम्पको उक्त कदमले शरणार्थीलाई दिइने प्रबेशमा गरिएको कडाइका कारण विश्व समुदायले अमेरिकालाई हेर्ने दृष्टिकोण नकारात्मक बनेको भन्दै वर्तमान् अमेरिकी राष्ट्रपति बाइडेन कै ‘डिमोक्र्याटिक पार्टी’का उदारवादी नेताहरूको दवावपछि सोमबार यो निर्णय आएको हो । डिमोक्र्याटिक पार्टी भित्रका प्रगतिशिल तथा शरणार्थी निकायहरूले वार्षिक रूपमा प्रवेश गर्न दिने आप्रवासीको सङ्ख्या १५ हजार नै राख्नु अमानवीय रहेको भन्दै तीव्र आलोचना गरेका थिए । 

बाइडेनले सङ्ख्या बढाउने घोषणा गर्दै भन्नुभयो, “न्यूनतम मात्राले अमेरिकी मूल्य–मान्यताको प्रतिनिधित्व गर्दैन ।” धेरै आप्रवासीलाई प्रवेश दिँदा मेक्सिको–अमेरिका सीमा क्षेत्रमा आप्रवासीहरुको सङ्ख्या बढ्न सक्ने चिन्ता राष्ट्रपति बाइडेनले व्यक्त गरेपनि आफ्नै दलका नेताहरूको दवावपछि बाइडेनले यो निर्णय गनुभएको विभिन्न विज्ञहरूको भनाइलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

सोमबार वार्षिक शरणार्थीको संख्या ६२ हजार पाँच सय बनाउने घोषणा गर्दै यसले पूर्व राष्ट्रपति ट्रम्पले तय गरेको इतिहासकै कम संख्याको नीतिलाई मेटाएको बाइडेनले भएको छ ।आउँदो वर्ष वार्षिक रुपमा प्रवेश गर्न दिने शरणार्थीको सङ्ख्या एक लाख २५ हजार बनाउने योजना आफ्नो प्रशासनको रहेको पनि बाइडेनले बताउनुभयो । तर अघिल्लो प्रशासनले शरणार्थीका सम्बन्धमा गरेका खराब निर्णयका कारण भएको क्षति मिलाउने क्रममा यो वर्ष वा अर्को वर्षको लक्ष्य पूरा गर्न भने कठिन भएको र यो तितो यथार्थ रहेको राष्ट्रपति बाइडेनले बताउनुभयो ।

अमेरिकाको शरणार्थी व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार गत अक्टोबरदेखि मार्चसम्ममा करिब दुई हजार शरणार्थी मात्रै अमेरिका प्रवेश गरेका छन् । बाइडेनले शरणार्थी प्रवेश वृद्धिका लागि सरकारी निर्णयमा हस्ताक्षर गर्नुपूर्व भन्नुभयो, “अनुमति विश्वले शरणार्थीहरूको दिमागमा कुनै शङ्का उब्जाउने अवस्था हटाउनको लागि आज यो कदम चाल्नु आफ्नो नयाँ जीवनको लागि पर्खिरहेका आप्रबासी शरणार्थीको लागी महत्वपूर्ण हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट