३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रियो दी जेनेरोमा प्रहरी र तस्करबीच गोली हानाहान, कम्तीमा २५ जना मृत्यु

२४ बैशाख २०७८, शुक्रबार १०:२७

वैशाख २४, रियो दी जेनेरो (रासस/सिन्ह्वा)। ब्राजिलको रियो दी जेनेरोमा बिहीबार प्रहरी र लागूपदार्थका शंकास्पद तस्करबीच गोली हानाहान हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । 

प्रहरीका अनुसार गोली लागेर एक जना प्रहरी अधिकृतको ज्यान गएको छ । मृत्यु हुने अन्यहरुमा आपराधिक समूहका सदस्यहरु रहेको प्रहरीको भनाई छ । उक्त गोली हानाहानको घटना स्थानीय समय अनुसार बिहीबार बिहानै भएको थियो । प्रहरीले रियो दी जेनेरोको जाकारेजिन्हो नामको झुपडबस्तीमा लागूऔषधका तस्करहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा भिषण कारबाही गरेको थियो । यसक्रममा ठूलो संख्यामा प्रहरीहरु आधुनिक हतियार सहित उक्त बस्तीमा पुगेका थिए ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका दृश्यहरुमा झुपडबस्तीका धेरै ठाउँमा ग्यास बम बिस्फोट गरिएको र गोली चलेको आवाज सुनिएको छ । हेलिकप्टरबाट लिइएका तस्वीरहरुमा सशस्त्र तस्करहरु घरका छानाबाट भाग्दै गरेका देखिएका छन् । 

जाकारेजिन्हो झुपडबस्तीलाई रेड कमान्ड नाम गरेको आपराधिक समूहले आफ्नो अखडा बनाउँदै आएको थियो । रियो दी जेनेरोका अन्य झुपडबस्तीहरु पहाडी इलाकाहरुमा रहे पनि जाकारिन्हो बस्ती भने समथल ठाउँमा छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’