२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनियन्त्रित भएपछि चिनियाँ रकेट खस्यो

२०७८, २६ बैशाख आईतवार ०७:३२

वैशाख २६, काठमाडौँ (एजेन्सी)। चीनको अनियन्त्रित रकेट लङ मार्च ५ बी आज पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको छ । यो माल्दिभ्स नजिकै हिन्द महासागरमा खसेको छ ।  २१ टन वजनको विशाल रकेट अन्तरिक्षमा अनियन्त्रित भएपछि पछिल्ला दिन पृथ्वीतर्फ बढ्दै थियो । यदि, मानिस बसोबास गर्ने इलाकामा यो खसेको भए ठूलो क्षति हुनसक्ने थियो । 

चीनको म्यान्ड स्पेस इन्जिनियरिङ कार्यालयका अनुसार लङ मार्च ५ बी रकेटको अवशेष बेइजिङको स्थानीय समयअनुसार बिहान १० बजेर २४ मिनेट जाँदा पृथ्वीको वायुमण्डलमा फेरि प्रवेश गर्‍यो  र ७२ दशलमलव ४७ डिग्री पूर्वी देशान्तर र २ दशमलव ६५ डिग्री उत्तरी अक्षांशमा समुद्रको एउटा खुला क्षेत्रमा झर्यो  । 

साउथ चाइना मर्निङ पोस्टका अनुसार अधिकांश अवशेष पृथ्वीको वायुमण्डलमा पुन प्रवेशका दौरान नै जलेको थियो । चीनले यस रकेटमार्फत अन्तरिक्षमा बनाइने आफ्नो तियांगोंग सुपर स्टेशनको पहिलो हिस्सा पठाएको थियो । 

चीनका विदेश मन्त्रालयका प्रवक्ता वांग वेनविनले यसै हप्ता रकेटको अवशेष पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेबित्तिकै जल्ने दाबी सञ्चारमाध्यमसँग गरेका थिए । चीनले आगामी हप्ता आफ्नो अन्तरिक्ष केन्द्र कार्यक्रमका लागि अर्को रकेट पनि पठाउन सक्छ । किनकी, उसले अर्को वर्षसम्म यस परियोजनालाई पूरा गर्ने लक्ष्य राखेको छ । 

चिन्ताको जरुरी छैन– चीन 

चिनियाँ वैज्ञानिकहरुले पृथ्वीको कक्षमा आइ पुग्नासाथ रकेटको अधिकांश हिस्सा जलिसक्ने हुनाले चिन्ता गर्नुपर्ने आवश्यकता नरहेको जनाएका थिए ।  बचेको हिस्सा पनि मानिसको बसोबास नरहेको इलाका वा महासागरमै गिर्ने उनीहरुले बताएका थिए । धर्तीको ७५ प्रतिशत हिस्सा पानीले भरिएको छ, बाँकी २५ प्रतिशत इलाकामध्ये पनि अधिकांश इलाकामा मानिसको बसोबास छैन, त्यसैले यसबाट मानिसलाई क्षति हुने खतरा निकै कम थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार