२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार

२०७८, १२ जेष्ठ बुधबार ०८:५३

जेठ १२, नयाँ दिल्ली (रासस/एपी)। पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । “यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् । 

प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ । भारतका पूर्वी राज्यहरु पश्चिम बंगाल र उडिसामा शुरुआति प्रभाव पारेको यो आँधी उत्तरतर्फ बढ्दै गएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार वर्षा सहितको यस आँधीको सरदर गति १३० देखि १४० किलोमिटर प्रतिघण्टा रहेको छ । समुद्री किनाराबाट उक्त आँधी जमिनमा आउन थालेको र बुधबार साँझसम्म उक्त आँधीको वेग कमजोर हुँदै जाने विभागले जनाएको छ ।

बंगलादेशमा तटवर्ती २०० गाउँका हजारौं बासिन्दा आँधीको चपेटामा परेका छन् । समुद्रबाट आएका अग्लाअग्ला छालहरुले स्थानीयबासीका घर, पसल र खेतीपाती पुरै जलमग्न बनाएको छ । दक्षिणस्थित पटुवाखाली जिल्लाको रङ्गबाली गाउँका २० भन्दा बढी गाउँहरु पुरै डुबानमा परेको एक जना वरिष्ट प्रशासक मस्फीकर रहमानले जानकारी दिनुभयो । उहाँले नदीका दुई वटा तटबन्ध भत्किएर गाउँ पुरै डुबेको बताउँदै कम्तीमा १५ हजार व्यक्तिलाई आपतकालीन केन्द्रहरुमा राखिएको जानकारी गराउनुभयो ।

भारतमा पनि टेलिभिजनहरुले पश्चिम बंगालको डिघा समेतका तटीय क्षेत्रका सडकहरुमा घुँडाघुँडा पानी आएको दृश्य देखाएका छन् । भारी वर्षाका कारण धेरै ठाउँमा नदीका तटबन्धहरु फुटेका छन् । पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले संवाददाताहरुसँग कुरा गर्दै तटीय क्षेत्रका बासिन्दाका २० हजारभन्दा बढी अस्थायी माटाले बनाएका घर क्षतिग्रस्त भएको जानकारी दिनुभयो । 

मङ्गलबार यतामात्र उडिसाका चन्दबाली र पारादिप क्षेत्रमा १७ सेन्टीमिटरभन्दा बढी वर्षा भएको थियो । यहाँको स्थानीय मौसम कार्यालयले १३ फिटसम्मका अग्ला समुद्री छालहरु आउन सक्ने प्रक्षेपण गरेको छ । कोलकाता र भुवनेश्वरका विमानस्थल बन्द गरिएका छन् भने रेलसेवा रद्द गरिएको छ । माछा मार्ने डुङ्गाहरुलाई सुरक्षित स्थानमा रहन भनिएको छ । 

कोरोनाभाइरस महामारी फैलिइरहेकै अवस्थामा आएको यस समुद्री आँधीले कोभिड–१९ को नियन्त्रणमा अर्को चुनौती थप्नेछ । गत साता भारतकै पश्चिमी तटीय क्षेत्रमा आएको ताउते नामको समुद्री आँधीका कारण १४० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । उडिसाका मुख्यमन्त्री नवीन पटनायकले आश्रयस्थलमा रहेका नागरिकलाई मास्क लगाउन र सामाजिक दूरी कायम राख्न आह्वान गर्नु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा