२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँ समाचार: निषेधाज्ञा लम्ब्याइयो

२१ जेष्ठ २०७८, शुक्रबार १५:११

जेठ २१, तनहुँ | कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि तनहुँमा गरिएको निषेधाज्ञालाई चौथो पटक थप गरिइएको छ । कोभिडको जोखिम अझै कम नभएको र समुदायमा व्यापक फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म थप गर्ने निर्णय  गरेको हो । 

जिल्ला गत वैशाख २२ देखि ३१ गतेसम्म पहिलो, यही जेठ १ देखि १५ सम्म दोस्रो र जेठ १६ देखि २२ सम्म तेस्रो पटक निषेधाज्ञा गरिएको छ । तेस्रो पटक गरिएको निषेधाज्ञा भोलि शनिबार राति १२ बजे सकिदैछ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले कोभिड जोखिम कम नभएकाले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार निषेधाज्ञा कडाईका साथ कार्यान्वयन गर्न स्थानीय तह लगायत सबै पक्षलाई अनुरोध गरिएको छ । 

तीन प्रयोगशाला बन्द

दमौलीमा सञ्चालनमा रहेको तीन  प्रयोगशाला प्रशासनले बन्द गराएको छ । दर्ता नभएका र उद्देश्य विपरित सञ्चालन भएका तीन प्रयोगशाला प्रशासनले बन्द गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा केही दिन अगाडी गरिएको अनुगमन पश्चात् चार प्रयोगशाला तत्काल बन्द गर्न निर्देशन दिइएको थियो । बन्द भएकाप्रयोगशालालाई प्रदेशबाट अनुमति लिएर आउन आग्रह गरिएपछि व्यास डायग्नोष्टिक प्रालिले मात्रै अनुमति ल्याएपछि उक्त ल्याबलाई सञ्चालनको अनुमति दिइएको उहाँले जानकारी दिनुभयो । 

युआरएलको दमौली र दुलेगौडा तथा गणेशमानचोकमा सञ्चालित दमौली प्याथ ल्याबलाई भने प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट अनुमतिपत्र ल्याएपछि मात्रै सञ्चालन गर्न दिइने बरालले जानकारी दिनुभयो । प्रशासनले अनधिकृत रुपमा पिसिआर स्वाब लिने काम समेत बन्द गर्न निर्देशन दिएको छ । “सबैले अनुमति ल्याउने प्रकृयामा रहेको जानकारी गराउनुभएको छ, अनुमतिपत्र ल्याएर प्रशासनलाई बुझाएपछि मात्रै सञ्चालन गर्न दिइनेछ,” उहाँले भन्नुभयो । 

म्याग्देलाई दुई थान अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री

तनहुँ उद्योग वाणिज्य सङ्घले म्याग्दे गाउँपालिकालाई अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियान २०७८ मार्फत् गाउँपालिकालाई दुई थान अक्सिजन सिलिन्डर सहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।  गाउँपालिकामा आज सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ लगायत पदाधिकारीले गाउँपालिकाका अध्यक्ष मायादेवी रानालाई उक्त सामग्री प्रदान गर्नुभएको छ । सङ्घले मास्क, स्यानीटाइजर, फेशसिल्ड, डस्टविन, पिपिई लगायतका सामग्री सहयोग गरेको सङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

सङ्घले जिल्लाका विभिन्न पालिका र अस्पताललाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री वितरण गरिरहेको छ । यसअघि दमौली अस्पताललाई ६ थान अक्सिजन सिलिन्डर, बन्दीपुर अस्पताललाई तीन , आँबुखैरेनी स्वास्थ्यचौकीलाई तीन  र पुरनडिही अस्पताललाई तीन  अक्सिजन सिलिन्डर सहयोग गरिएको उहाँले बताउनुभयो ।  म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले कोभिड नियन्त्रणका लागि निजी क्षेत्रबाट गरिएको सहयोग उल्लेखनीय रहेको जनाउँदै सबैको सामूहिक प्रयासले यसलाई नियन्त्रण गर्न सकिने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सामग्री सहयोग गरेकामा सङ्घप्रति आभार व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह