३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिलिपिन्समा पोलियो उन्मुलन भएको घोषणा

२८ जेष्ठ २०७८, शुक्रबार ०९:१३

जेठ २८, मनिला (रासस/सिन्ह्वा) । विश्व स्वास्थ्य संगठन र राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले फिलिपिन्समा पोलियो उन्मुलन भएको घोषणा गरेका छन् । झण्डै दुई वर्ष पहिले निकै संक्रामक यो रोग फिलिपिन्समा पुनः देखा परेपछि देशव्यापी पोलियो उन्मुलन अभियान चलाइएको थियो ।

दुबै राष्ट्रसंघीय संस्थाले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा फिलिपिन्सको स्वास्थ्य सेवा विभागले यस वर्षको जुन ३ देखि पोलियो रोकथाम अभियान औपचारिक रुपमा स्थगित गरेको जनाएका छन् । 

वक्तव्यमा भनिएको छ, “विगत १६ महिनाको अवधिमा कुनै पनि बच्चामा अथवा वातावरणमा भाइरसका अवशेष नभेटिएपछि यस्तो निर्णय गरिएको हो ।” खोप र निगरानीका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिएपछि पोलियोका नयाँ बिरामी देखा नपरेको पनि वक्तव्यमा उल्लेख छ ।

त्यसयता फिलिपिन्स सरकार सहित विश्व स्वास्थ्य संगठन, युनिसेफ र अरु साझेदारहरुले भाइरस प्रसार रोक्न राष्ट्रपति पोलियो अभियान सञ्चालन गरेका थिए । कोभिड–१९ का कारण ठूलो संकट आए पनि फिलिपिन्सको स्वास्थ्य सेवा विभागले पोलियो खोप अभियान सफलतापूर्वक सम्पन्न गरेको थियो ।

खासगरी, युनिसेफ र विश्व स्वास्थ्य संगठन दुबैले पोलियो रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य कार्यकर्ताको परिचालन र तालिमका लागि स्वास्थ्य सेवा विभागले लिएको अग्रसरताका लागि धन्यवाद पनि दिएका छन् । 

युनिसेफले फिलिपिन्सको स्वास्थ्य सेवा विभागका लागि खोप खरिद र ढुवानी, खोप निर्देशिका निर्माण, सामाजिक परिचालन समेतका विषयमा सहयोग गरेको थियो । पोलियो निकै संक्रामक र घातक रोग हो र यसलाई खोप लगाएर ठिक गर्न सकिन्छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिका मुख्यरुपमा जोखिममा रहन्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वका दुई मुलुक अफगानिस्तान र पाकिस्तानमा यो रोग अझै व्याप्त छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक