साउन, काठमाडौं । सामान्यतया म्यानपावर कम्पनी, ऐजेन्ट तथा रोजगारदाता कम्पनीबाट कामदारहरू ठगीमा परेका समाचारहरू प्रकाशन प्रसारण भइरहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन, काठमाडौं । सामान्यतया म्यानपावर कम्पनी, ऐजेन्ट तथा रोजगारदाता कम्पनीबाट कामदारहरू ठगीमा परेका समाचारहरू प्रकाशन प्रसारण भइरहेक"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

ठग म्यानपावर मात्र हैनन्, कामदारले पनि ठग्छन् !

२८ श्रावण २०७३, शुक्रबार ११:०४

साउन, काठमाडौं । सामान्यतया म्यानपावर कम्पनी, ऐजेन्ट तथा रोजगारदाता कम्पनीबाट कामदारहरू ठगीमा परेका समाचारहरू प्रकाशन प्रसारण भइरहेको हालको अवस्थामा वैदेशिक रोजगार विभागकी निर्देशक रमा भट्टराईले कामदारबाट पनि म्यानपावरहरू ठगीने गरेको बताएकी छन् ।

विभागका अनुसार केहि कामदारहरूले अनावश्यक रूपमा म्यानपावर कम्पनी विरुद्ध उजुरी पेश गरी म्यानपावर कम्पनीलाई समस्या पार्ने गर्छन् । विभागकी निर्देशक भट्टराईले भनिन्, ‘खासगरी रोजगारीको लागी खाडी मुलुकमा जाने केहि कामदारहरू विदेश गएको केहि समय पछि ‘होम सिक’ हुने र विभिन्न वहानामा काम नगर्ने गर्दछन् जसले गर्दा म्यानवापर कम्पनीले कामदारलाई स्वदेश झिकाउन बाध्य हुन्छ ।

तिनै कामदारहरूले सम्वन्धित निकायमा म्यानपावर विरुद्ध नै उजुरी पेश गरी समस्यामा पार्ने गरेका उदाहरणहरू पनि प्रशस्त भेटिएका छन् ।’ उनकाअनुसार गलत आचरणका युवाहरूलाई अभिभावकहरूले सुधार्ने उद्देश्ले वैदेशिक रोजगारीको लागी पठाउने र उनीहरूले विभिन्न समस्या पार्ने गर्दछन् ।

भट्टाईले नेपालमा औद्योगीक समाज नभएकाले आम मानिसको औद्योगीक मानसिकता नहुने बताइन् । जसले गर्दा रोजगारदाता मुलुकमा कामदारको मानसिकता मेल खादैन । यस्ता कामदारहरूले समस्या उत्पन्न गराउने गरेका सवालहरू ओझेलमा परेको बताइन् ।

उनकाअनुसार वैदेशिक रोजगारीको लागी विदेश जाने कामदारहरूले सम्वन्धीत मुलुकको ऐन, नियम नबुझेकाले पनि समस्या उत्पन्न गराँउदछन् उनले रोजगारदाता कम्पनीले कति समयको अन्तरालमा तलब दिने हो, कम्पनीको सेवा सुविधा के छ त्यो नबुझि अनावश्यक विरोध गरेर पनि समस्या पार्ने उल्लेख गरिन् ।

उनले नेपालमा राजनिति गर्ने गरेको मानिस खाडी मुलुकमा रोजगारीको लागि जाँदा अनावश्यक विषयमा राजनीति गर्ने प्रयास गर्दा समस्या पर्ने गरेको बताइन् । भट्टराईले भनिन्, ‘जुन देशमा त्यहिँको नागरीकलाई पनि मानवधिकारको प्रत्याभुति हुदैन, त्यहाँ हाम्रा कामदारले अनावश्यक रूपमा मानव अधिकारको दावी गर्दा झनै समस्या पर्ने गर्छ ।’

उनले यस्ता गतिविधिमा संलग्न कामदार नेपाल फर्किएपछि म्यानपावर कम्पनीलाई उल्टै समस्यामा पार्ने गरिएको पनि बताइन् ।   समाचार स्रोत

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार