३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानमा राष्ट्रपतीय निर्वाचनको मतपत्र बोकेको हेलिकोप्टर दुर्घटना

५ असार २०७८, शनिबार १६:१९

असार ५, एजेन्सी | इरानको राष्ट्रपतिका लागि शुक्रबार भएको मतदानको मतपत्रको बाकस बोकेको होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । इरानको दक्षिण पश्चिमी प्रान्त खुजेस्तानमा शनिबार मतपत्र बोकेको सो होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । त्यसमा रहेका एकजनाको ज्यान गएको छ । 

सो हेलिकोप्टर कसरी दुर्घटना भयो र त्यसमा केकति मत्रपत्र र को को थिए भन्ने बारेमा भने केही खुलाइएको छैन । यहाँ शुक्रबार मतदान भएको थियो । मतदानका लागि बिहान सात बजेदेखि मतदान केन्द्रहरु खुलेका थिए । इरानको यस निर्वाचनमा यहाँका सर्वोच्च नेता आयतुल्लाह खामेनीको अध्यक्षतामा रहेको उम्मेदवार छनौट समितिले सुधारवादी र पूर्व राष्ट्रपति हसन रौहानीसँग निकट रहेका कैयौं व्यक्तिलाई उम्मेदवार हुनबाट बन्चित गरेको थियो ।

सर्वोच्च नेता खामेनीले राजधानी तेहरानमा मतदान गर्नु भएको थियो र उहाँले आमनागरिकलाई मतदानमा सहभागी हुन पनि आग्रह गर्नु भएको बताइएको थियो ।    

करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता रहेका पनि बताइएको छ । विभिन्न सञ्चारमाध्मयहरुले यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिको सबैभन्दा न्यून संख्याको मतदान भएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’