३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

७ असार २०७८, सोमबार ०७:५४

असार ७, साओ पाओलो (रासस/सिन्ह्वा) । ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख नाघेको छ ।  यहाँँ गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट एक हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन् । उक्त समयमा कोरोना भाइरस सङ्क्रमणबाट १ हजार २५ जनाको निधन भएको हो ।

ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरुभएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या ५ लाख नाघेको छ । यहाँ सन् २०२० फेब्रुअरी २६ बाट  शुरु भएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म अर्थात  सन् २०२१ जुन २० सम्म पाँच लाख १ हजार ८२५ जना पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय संञ्चार माध्यमले जनाएको छ ।

हिजो आइतबार ब्राजिलका सञ्चार माध्यमहरुले पनि ब्राजिलमा कोरोनाको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ५ लाख नाघेको जानकारी दिएको थियो । गत २४ घण्टामा ब्राजिलमा ४४ हजार ३२६ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि स्थानीय समयानुसार सोमबार जानकारी दिएको छ ।

यो संख्यासँगै ब्रालिजमा कूल सङ्क्रमितको संख्या करिब १ करोड ८० लाख पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही घटिरहेको भए पनि उल्लेख्य मात्रामा भने घट्न सकेको छैन ।

यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको देखिएपछि पछिल्ला केही महिनामा सङ्क्रमितहरु झन् बढ्न थालेका छन् ।  ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो सक्रङ्मणको एक किसीमले केन्द्रबिन्दुको रुपमा रहेको पनि पाइएको छ ।

ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ ।  यहाँका ८ करोड भन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’