साउन २९, काठमाडौँ | स्वास्थ्य मन्त्रालयले देश संघीय व्यवस्थामा जाँदा मन्त्रालयको संरचना कस्तो हुने भन्ने विषयमा छलफलका लागि खाका तय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, काठमाडौँ | स्वास्थ्य मन्त्रालयले देश संघीय व्यवस्थामा जाँदा मन्त्रालयको संरचना कस्तो हुने भन्ने विषयमा छलफलका लागि खाका तय "/>
२०८३, १४ जेष्ठ बिहीबार
काठमाडौँ - KTM

संघीयतामा यस्तो बन्दैछ स्वास्थ्य संरचना

२०७३, २९ श्रावण शनिबार ०२:१२

साउन २९, काठमाडौँ | स्वास्थ्य मन्त्रालयले देश संघीय व्यवस्थामा जाँदा मन्त्रालयको संरचना कस्तो हुने भन्ने विषयमा छलफलका लागि खाका तय गरेको छ । तीन तहको स्वास्थ्य संरचना रहने प्रस्ताव गरिएको खाकामा स्थानीय स्तरलाई नै अधिकारसम्पन्न गराउने उल्लेख छ ।

प्रधानमन्त्री कार्यालयले स्थानीय तहलाई बढी सक्रिय गराउने गरी खाका तय गर्न निर्देशन दिएका कारण सोहीअनुसारको प्रस्ताव ल्याएको मन्त्रालयको संघीय संरचना प्राविधिक टोलीका सदस्यसचिव एवम् उपसचिव बाबुराम खनालले जानकारी दिए ।

केन्द्रमा संघीय स्वास्थ्य तथा सामाजिक उत्तरदायित्व मन्त्रालय रहनेछ । मन्त्रालयअन्तर्गत सातवटा महाशाखा रहने गरी प्रस्ताव छलफलका लागि ल्याइएको छ । जसमा नीति, अनुगमन तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा, योजना मोनिटरिङ एन्ड इभ्यालुएसन महाशाखा, आकस्मिक तथा प्रकोप व्यवस्थापन महाशाखा, आर्थिक तथा प्रशासनिक महाशाखा, सहयोग सेवा महाशाखा, स्वास्थ्य सेवा विकास महाशाखा र सामाजिक उत्तरदायित्व महाशाखा रहने गरी प्रस्ताव गरिएको खनालले बताए । केन्द्रीय स्तरको नीति निर्माण र प्रदेश सरकारले गर्न नसक्ने काममा सहजीकरण गर्ने अधिकार मात्र संघीय मन्त्रालयमा रहने गरी प्रस्ताव गरिएको छ ।

छलफलका लागि प्रस्ताव गरिएको खाकामा प्रदेशमा प्रादेशिक मन्त्रालयको कल्पना गरिएको छ । मन्त्रालयमा स्वास्थ्य तथा सामाजिक उत्तरदायित्व विभाग रहनेछ । जसअन्तर्गत चारवटा महाशाखाको विषयमा छलफल भएको छ । प्रस्तावित महाशाखामा नीति तथा अनुगमन मूल्यांकन महाशाखा, स्वास्थ्य सेवा महाशाखा, सामाजिक उत्तरदायित्व महाशाखा, प्रोग्राम मेनेजमेन्ट महाशाखा रहनेछन् । प्रादेशिक मन्त्रालय र महाशाखाले स्थानीय स्वास्थ्य संस्थाले गर्न नसक्ने कार्य गर्ने र संघीय सरकारसाग समन्वय गर्ने गरी संरचना छलफलमा ल्याइएको छ । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ