साउन २९, काठमाडौँ । करिब १५० वर्षअघिसम्मका कलाकारका कलाकृति उचित संरक्षण नहुँदा लोप हुने अवस्था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, काठमाडौँ । करिब १५० वर्षअघिसम्मका कलाकारका कलाकृति उचित संरक्षण नहुँदा लोप हुने अवस्था"/>
८ कार्तिक २०८१, बिहीबार
काठमाडौँ - KTM

मेटिँदै कला इतिहास

२९ श्रावण २०७३, शनिबार ०२:२१

साउन २९, काठमाडौँ । करिब १५० वर्षअघिसम्मका कलाकारका कलाकृति उचित संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेका छन् । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण नक्सालस्थित बालमन्दिरसँगै रहेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको भवन बस्न नमिल्ने गरी भत्किएपछि त्यहाँ रहेका अमूल्य कलाकृति पनि बिग्रने अवस्थामा पुगेका छन् । 

करोडौँ मूल्य बराबरको इतिहास बोकेका २२० वटा कलाकृतिलाई अहिले हावा पनि छिर्न मुस्किल पर्ने अँध्यारो कोठामा राखिएको छ । अमूल्य चित्रकलालाई वातावरण अनुकूल हावा छिर्ने, उज्यालो कोठामा तापक्रम मिलाएर राख्नुपर्ने भए पनि सो अनुसार प्रतिष्ठानले गर्न सकेको देखिँदैन । वातावरण अनुकूल कलाकृतिलाई राख्न नसकेको अवस्था त्यो समयभन्दा अघि नै नष्ट हुन्छ । 

भूकम्पलगत्तै छरपस्ट रुपमा राखिएका केही कलाकृतिमा वर्षात्को पानीले भिजाउनुका साथै रङ्ग उडिसकेको अवस्थामा थियो । अहिले ती कलाकृतिलाई प्लास्टिकले बेरेर राखिएको छ । 

कलाकार बालकृष्ण सम, सिद्धिमुनि शाक्य, चन्द्रमानसिंह मास्के, शशीविक्रम शाह, लैनसिंह वाङ्देल, बस्तगोपाल वैद्य, अमर चित्रकार, अस्मिता रञ्जितलगायतका परम्परागत, आधुनिक, लोककलामा आधारित चित्रकला देख्न सकिन्छ । 

प्रतिष्ठानमा निर्माण गरिएको राष्ट्रिय कला सङ्ग्रहालयमा सयौँ वर्ष पुराना चित्रकला राखिएकाले कला विषय अध्ययनरत विद्यार्थीका लागि प्राचीन चित्रकला अध्ययन गर्ने थलोको रुपमा रहेको थियो । भूकम्पपछि अव्यवस्थित रुपमा राखिएका चित्रकला अवलोकनका लागि कैयौँ विद्यार्थी आए पनि अवलोकन गर्न नपाएको गुनासो गरेका थिए । 

विसं २०२२ मा वीरेन्द्र राष्ट्रिय कला सङ्ग्रहालय नामाकरण गरी स्थापना गरिएको भए पनि २०६२/६३ को आन्दोलनपछि वीरेन्द्रको नाम हटाई राष्ट्रिय कला सङ्ग्रहालयको नाम दिइयो । उक्त सङ्ग्रहालयमा राखिएकामध्ये कतिपय कलाकृति कलाकार स्वयम्ले बिक्री गर्नुभएको थियो भने कतिपय चित्रकला अन्यसँग खरिद गरेर सङ्कलन गरिएको प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विकेले जानकारी दिनुभयो । 

“उहाँहरुको कलालाई उक्त सङ्ग्रहालयमा सङ्ग्रहित गर्ने काम भए पनि भूकम्पपछि सही व्यवस्थापन हुन नसक्दा कलाकारबाट नै कलाको इतिहास मेट्ने काम भइरहेको छ”– उहाँले भन्नुभयो । “इतिहास बलियो भए भविष्य बलियो हुन्छ”, उहाँले भन्नुभयो– “हामीले अहिले संरक्षण गर्ने हाम्रो कला नै भविष्यको इतिहास हो, यसको संरक्षण गर्ने जिम्मा पनि हाम्रै हो । तर प्रतिष्ठानभित्र समन्वय हुन नसक्दा संरक्षणको पहल भएको छैन र इतिहासलाई आफैँले मेट्ने काम हामीबाट भएको छ ।” 

प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले सरकारले ध्यान नदिएको कारण आफूहरुले उचित संरक्षण गर्न नसकेको बताए पनि सरकारले गत वर्ष प्रतिष्ठानको भवन निर्माण गर्न छुट्याएको रु १० करोड बजेट आन्तरिक विवादका कारण ‘फ्रिज’ भएको थियो । 

यस विषयमा कुलपति उपाध्यायले प्रतिष्ठानको गोठाटारस्थित १५ रोपनी जग्गा विवादका कारण अदालतमा मुद्दा चलिरहेकाले सरकारले छुट्याएको बजेट सदुपयोग गर्न नसकिएको स्वीकार्नु भयो । तत्कालीन राणा प्रधानमन्त्री भीमसमसेरले निर्माण गरेको सीता दरबार (हालको बालमन्दिर र प्रतिष्ठान रहेको भवन) भूकम्पपछि भत्किएकाले ‘रेट्रोफिटिङ्’ गरेर पुनः त्यही सङ्ग्रहालय राख्न सरकारले सहयोग गर्नुपर्ने उहाँले माग गर्नुभयो । 

सरकारले प्रतिष्ठानको खर्चका लागि वार्षिक बजेट रु चार करोड छुट्याए पनि प्रतिष्ठानको अव्यवस्थित कार्यालयले त्यो बजेटको सदुपयोग भएको देखिन्न । हाल बालमन्दिर अगाडिको टहरोमा सम्पूर्ण प्रतिष्ठानको कार्य सञ्चालन भइरहेको र त्यहीभित्र एउटा सानो कोठामा अमूल्य कलाकृति राखिएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध