2026-06-28 10:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

असार १३, जम्मु (रासस/पिटिआई)। भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरुले जनाएका छन् । स्थानीय समय अनुसार बिहान १.४५ बजे पहिलो विस्फोट भएको थियो । घटनास्थललाई सुरक्षा फौजले सुरक्षा दिएको छ ।

दुई विस्फोटमध्ये पहिलो विस्फोट प्राविधिक क्षेत्रको एउटा भवनको छतमा भएको थियो भने दोस्रो विस्फोट जमिनमा भएको थियो ।

“जम्मु विमानस्थल भित्र अति संवेदनशील क्षेत्रका दुई विस्फोटन भएको खबर आएको छ, घटनाका बारेमा प्राप्त प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति भएको विवरण छैन,” एक जना सुरक्षा अधिकारीले भने ।   

विस्फोटका कारण कसैलाई घाउचोट लागेको र कुनै यन्त्रमा क्षति भएको विवरण पनि प्राप्त नभएको उहाँले जानकारी दिनुभयो । घटनाका बारेमा छलफल र समीक्षा गर्न उच्च सुरक्षा अधिकारीहरुको बैठक बोलाइएको पनि उहाँले बताउनुभयो । घटनालाई सुरक्षा अधिकारीहरुले गम्भीरतापूर्वक लिएको पनि जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी