२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाभित्र सवारी साधन चले पनि सुनसान छ ‘नयाँबसपार्क’

२०७८, १ श्रावण शुक्रबार ०४:५१

साउन १, काठमाडौँ (रासस)। दुई महिना लामो निषेधाज्ञापछि मुलुकको राजधानी काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आए पनि नयाँ बसपार्क भने सुनसान छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि वैशाख १६ गतेदेखि सरकारले गरेको निषेधाज्ञासँगै बन्द रहेको नयाँ बसपार्कमा अहिलेसम्म चहलपहल हुनसकेको छैन । देशैभरका भाडाका बस आउने र जाने नेपालको एक मात्र राष्ट्रिय बसपार्क गोँगबुस्थित नयाँ बसपार्क उपत्यका बाहिरका सवारी साधन उपत्यकाभित्र प्रवेश गर्न नपाउँदा सुनसान बनेको हो ।

नयाँ बसपार्कमा देशभरका ६५ भन्दा बढी जिल्लाबाट एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन दैनिक आवतजावत गर्दै आए पनि कोरोना सङ्क्रमणका कारण उक्त कार्य रोकिँदै आएको छ । कोरोना सङ्क्रमणकै कारण यातायात बन्द हुँदा नयाँ बसपार्कमा मासिक रु दुई करोड ५० लाख नोक्सानी हुँदै आएको छ ।

काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो । काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् ।

प्रालिका अध्यक्ष इञ्जीनियर दीपक कुँवर निषेधाज्ञाका कारण लामो समय बन्द हुँदा नयाँ बसपार्कलाई मासिक करोडौँ नोक्सान भएको स्वीकार गर्नुहुन्छ । गत वर्ष पहिलो चरणको कोरोना सङ्क्रमणको समयमा झण्डै छ महिना बन्द रहेको नयाँ बसपार्क यस वर्ष दुई महिनाभन्दा धेरै समय बन्द भइसकेको छ । डेढ वर्षको समयमा आठ महिना पूर्णरूपमा र बाँकी समय आंशिक बन्द हुँदा नयाँ बसपार्कमा रु २० करोडभन्दा बढी नोक्सानी भएको ल्होत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ ।

ल्होत्सेको बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा एवं कर्मचारीको तलब, सेवा तथा सुविधाका लागि मासिक करोडौँ रुपैयाँ खर्च हुँदै आएको छ । यस्तै नयाँ बसपार्क सञ्चालनवापत काठमाडौँ महानगरपालिकालाई समेत वार्षिकरूपमा जग्गाको भाडा बुझाउँदै आएको छ । शुरुका दिनमा जथाभावीरूपमा टहरा निर्माण गरेर नयाँ बसपार्क क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन हुँदै आए पनि हाल सबै टहरा हटाएर व्यावसायिक मल निर्माण हुन थालेपछि नयाँ बसपार्कको मुहार फेरिएको छ । नेपालको एक मात्र राष्ट्रिय बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न बसपार्क बनाउने लक्ष्य राखिए पनि धेरै समय बन्द हुँदा समस्या परेको अध्यक्ष कुँवरको भनाइ छ । यस्तै कोरोनाका कारण नयाँ बसपार्क बन्द हुँदा वरपरको क्षेत्रमा समेत ठूलो नोक्सानी पुगेको छ । झण्डै एक हजार होटल तथा रेष्टुराँ रहेको सो क्षेत्रमा कोरोनाका कारण अधिकांश होटल बन्द रहेका छन् । नयाँ बसपार्कमा झण्डै ५० वटा दोहोरी साँझ सञ्चालनमा छन् ।

होटल व्यवसायी महासङ्घ नेपालका सचिव एवं नयाँ बसपार्कमा गोरखा लिगलिग होटल सञ्चालन गरेर बस्नुभएका नारायण गुरुङ लामो दूरीका सवारी साधन सञ्चालन नहुँदा होटलमा पाहुना नआउने गरेको बताउनुहुन्छ । “लामो समय बन्दाबन्दी हुँदा बैंकको किस्ता र होटल भाडा तिर्न समस्या भएको छ, सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पछ्याउँदै होटल व्यवसाय सञ्चालन गर्न दिनुपर्छ”, उहाँ भन्नुहुन्छ । सरकारले असार २२ गते मङ्गलबारदेखि उपत्यकामा सबै सवारी साधन सञ्चालन गर्न पाउने गरी खुला गरे पनि सडकमा भने यथेष्ट मात्रामा सवारी साधन अझै चल्न सकेको छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ