2026-06-29 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेश्रो लहरको कोरोना संक्रमणकै बीच युके पूर्ण रुपमा खुल्यो, १५ महिनापछि खुले नाइट क्लब

साउन ५, काठमाडौँ | युके सोमवारदेखि पूर्ण यूप्मा अनलक भएको छ । त्यो पनि यस्तो समयमा कि जहाँ संक्रमितहरुको संख्या सबैभन्दा बढी रहेको छ । ब्रिटेनमा आइतबार ४८ हजार संक्रमित थपिएका थिए । युकेमा तेस्रो लहरको कोरोना फैलदै गर्दा अनलक गर्ने आत्मविश्वास यस कारण पनि भएको हो, किन कि ब्रिटेनमा ८७% वयस्कहरुले कोरोना बिरुद्धको भ्याक्सिनको सिंगल डोज र ६८% ले दुबई डोज खोप लगाईसकेका छन् ।

मुख्य कुरा यो छ कि ६.७० करोडको आबादी भएको ब्रिटेनमा ५४% लाई कोरोना बिरुद्धको खोप दिईसकिएको छ । अब यहाँ कानूनी रूपमा मास्क लगाउन पनि अनिवार्य छैन । नाइटक्लब १५ महिनापछि पूर्ण क्षमता र बिना कुनै प्रतिबन्ध पुरै रात खुलेका छन् । 

धेरै जसो क्लब र बारको बाहिर आइतबार लाइननै लाग्न पर्ने गरि भीड देखिएको थियो । गत बर्ष मार्चमा लगाइएको प्रतिबन्धपछि सोमवार पहिलो पटक मानिसहरुले बिनाकुनै प्रतिबन्ध पार्टीको मज्जा उठाए ।


कोरोनाको तेस्रो लहरकै बीच ब्रिटेनमा नयाँ भेरिएन्टको भाइरस समेत भेटिएको छ । पब्लिक हेल्थ इंग्ल्याण्डका अनुसार, ब्रिटेनमा ‘नोरो’ भाईरसको १५४ केस भेटिएको छ । पीएचईको अनुसार, संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरु पनि संक्रमित हुन सक्छन् । 


ब्रिटेनका प्रधानमन्त्री बोरिस जनसन र चान्सलर ऋषि सूनक स्वास्थ्य सचिव साजिद जाविदसँग सम्पर्कमा आएपछि आइसोलेशनमा छन् । देश अनलक भएपछि ब्रिटिश पीएमले जनताहरुलाई भनेका छन्- ‘हामीले प्रतिबन्ध हटाउँदै छौं । तर हामी सावधान भने रहनुपर्छ । किनकी भाईरस अहिले पनि हाम्रो आसपास छ ।’ उनले मानिसहरुलाई कोरोना बिरुद्धको भ्याक्सि लगाउन अपिल समेत गरेका छन् । जनसनले भने- ‘जो मानिसले भ्याक्सिन लगाउदैनन्, उनिहरुलाई सेप्टेम्बरदेखि बार र क्लबमा प्रवेश दिईनेछैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी