२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँबाट उडेका दुई जहाजको आकस्मिक अवतरण: एकमा प्राविधिक समस्या, अर्कोमा यात्री बेहोस

२०७८, ११ श्रावण सोमबार १५:०८

साउन ११, काठमाडौँ | उडिरहेका बुद्ध एयरका दुई जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौँ–धनगडी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौँमै आकस्मिक अवतरण गरिएको कम्पनीले जनाएको छ । उडिरहेको जहाजमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार जहाजमा सवार ६८ यात्रुको काठमाडौँमा सकुशल अवतरण गराई अर्को जहाजमार्फत यात्रुलाई गन्तव्यमा पुर्याइएको छ । 

यस्तै कम्पनीको अर्को काठमाडौँ–नेपालगञ्ज गन्तव्यका लागि उडेको जहाजमा पनि एक यात्रु बेहोस भएपछि काठमाडौँ अवतरण गरी अस्पताल लगिएको कम्पनीले जनाएको छ । जहाजको यकिन समस्या इन्जिनीयरले गर्ने प्राविधिक परीक्षणपश्चात् बाहिर आउने र प्राविधिक प्रतिवेदनका आधारमा मात्रै जहाज उडानमा लगिने कम्पनीले जनाएको छ ।

विमानस्थलका अनुसार काठमाडौँबाट धनगढी उडेको बुद्ध एयरको बिएचए २५५ नम्बर उडानको एटिआर ७२ जहाजमा प्राविधिक समस्या आएपछि साँझ ६:३० बजे काठमाडौँ अवतरण भएको थियो  । सम्भावित दुर्घटनाको जोखिमलाई दृष्टिगत गर्दै विमानस्थलले जहाज अवतरणका क्रममा सुरक्षा संयन्त्रलाई तैनाथ राखेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ