२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माधव नेपाललाई पार्टीमा ठाउँ छैन : अध्यक्ष ओली

१६ श्रावण २०७८, शनिबार १३:०२

साउन  १६, काठमाडौँ (रासस) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताउनुभयो ।

नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटी बैठकमा अध्यक्ष ओलीले बाटो बिराएका साथीले आफ्नै पार्टीको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाएको सन्दर्भ जोड्दै त्यस्ता मुख्य व्यक्तिलाई पार्टीमा ठाउँ नहुने दोहो¥याउनुभयो ।

उहाँले अरु नेताहरू जो गल्ती महसुस गरेर आउनेछन् भने स्वागत गरिने तर नआउनेहरू छुट्दै जाने बताउनुभयो । अन्यसँग अहिले पनि कुरा भइरहेको उहाँको भनाइ थियो ।

अहिलेको परिस्थितिमा उच्च मनोबलका साथ आन्दोलन सशक्त बनाउनुपर्नेमा आवश्यकता औँल्याउँदै अध्यक्ष ओलीले खुट्टा तान्ने मान्छे हटेकाले अबको निर्वाचनमा बहुमत ल्याएर देखाउने ठोकुवा गर्नुभयो । उहाँले पार्टी नेता कार्यकर्तालाई स्वार्थमा नलागी उपयुक्त ढङ्गले पदको बाँडफाँट गरेर एकताबद्ध हुन पनि निर्देशन दिनुभयो ।

निर्वाचनमा बहुमत पु¥याएर देखाउन नेकपा (एमाले)सामु इतिहासकै चुनौतीपूर्ण घडी खडा भएको र अहिले धेरै फल्नुपर्ने बेलामा हाँगा काटिएको छ भन्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले तीन वर्षमा मुलुकको विकास र समृद्धिमा देखिने गरी काम गरेको पनि दाबी गर्नुभयो । बाटाघाटा, पुल, पूर्वाधारमात्रै नभई डिजिटल नेपाल निर्माणको आधार तय भइसकेको उहाँले बताउनुभयो । 

अध्यक्ष ओलीले जमिनको माटोको गुणस्तर कस्तो छ, के–के नवीकरण गर्नुपर्छ, मोबाइलमा हेर्नुस् भन्न सक्ने गरी विकास गरिएको र पूर्वपश्चिम रेल चल्न लागेको, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेको तथा शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा पनि देखिने गरी प्रगति भएको उल्लेख गर्नुभयो ।

फरक सन्दर्भ जोड्दै अध्यक्ष ओलीले राम नेपाल भूमिमै जन्मिएको हो भनेर तथ्य प्रमाणित गरेको जिकिर गर्दै आगामी वर्षदेखि चितवनको माडीस्थित अयोध्यापुरीमा विश्वभरिका हिन्दू राम जन्मभूमि हेर्न लाइन लागेर आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले उक्त क्षेत्र राम जन्मुभूमि होइन भनेर कुनै शास्त्रले काट्नै नसक्ने दाबी पनि गर्नुभयो ।

उहाँले अहिलेको यो डेढ वर्षका लागि खाएको धक्का आगामी निर्वाचनमार्फत पाँच वर्षका लागि सरकार बनाउने गरी आउने दाबी गर्नुभयो । उहाँले दुईपटक प्रधानमन्त्री हुँदा असफल नभएको बरु ऐतिहासिक प्रधानमन्त्री बनेको जिकिर गर्नुभयो । 

पार्टीका नेता तथा कार्यकतालाई स्वार्थभन्दा माथि उठेर विचारमा केन्द्रित हुन पनि सुझाव दिनुभयो । उहाँले खराब तत्व बाहिरिएकाले पार्टी अझ बलियो भएको पनि बताउनुभयो । अध्यक्ष ओलीले दल पूर्वस्थितिमा गए पनि आफ्नो पार्टी एकीकृत नै रहेको र त्यही भावनाका साथ पार्टी अघि बढेकाले कुनै अलमलमा बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की