२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा आगामी चार हप्ता कोभिड सङ्क्रमित र मृत्यु हुने दर बढ्न सक्ने

२०७८, २१ श्रावण बिहीबार १३:१२

साउन २१, वासिङ्टन (रासस/सिन्ह्वा) । अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्ने देखिएको छ ।

 पछिल्ला केही समयमा सङ्क्रमण बढेपछि कतिपय राज्यमाा मास्क लगाउन अनिवार्य पनि गरिएको छ ।

त्यसैगरी कतिपय अस्पतालमा कोभिड सङ्क्रमित बढेका समाचार पनि आइरहेका बताइएको छ ।

अमेरिकी संस्था “सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन”ले आगामी चार हप्तामा अमेरिकामा कोभिडका सङ्क्रमित बढ्न सक्ने बताइएको छ ।

सो संस्थाका अनुसार आगामी चार हप्तामा यहाँका अस्पतालमा भर्ना हुने दर बढ्ने तथा उपचारका लागि आएका व्यक्ति मृत्यु दर पनि बढ्न सक्ने अनुमान गरिएको छ ।

सो संस्थाले बुधबार विज्ञप्ति प्रकाशसित गर्दै कोभिडको सङ्क्रमण अबका चार हप्तामा बढ्न सक्ने देखिएकोले यसको नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउन सबै नागरिकमा अपिल पनि गरेको छ ।

आगामी चार हप्ता अर्थात् अगष्ट महिनाको २८ तारिखसम्ममा दुई हजार ३०० देखि बढीमा नौ हजारसम्म मृत्यु हुने सक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यी चार हप्तामा बढीमा २४ हजार जना जति सङ्क्रमित अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउने पनि सो संस्थाले विज्ञप्तिमार्फत जनाएको छ ।

यसका साथै आगामी चार हप्तामा अमेरिकामा तीन लाख ५० हजार देखि १८ लाखसम्म नै नयाँ सङ्क्रमित थपिन सक्ने पनि जानकारी दिइएको छ ।

बुधबारसम्म यहाँ छ लाख १४ हजार ७०० जनाको निधन भएको छ । यहाँ पछिल्लो समयमा मृत्यु हुने दर निकै घटे पनि सङ्क्रमित भने थोरै मात्र थपिने अनुमान गरेको छ ।

केही दिन यता यो सङ्क्रमण दर बढ्दै गएको देखिए पनि हालसम्म अमेरिकामा ३५.४ जना कोभिडका सङ्क्रमित हुन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ