३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै, कति छन् सक्रिय संक्रमित ?

२८ श्रावण २०७८, बिहीबार ०८:५५

साउन २८,  नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४१ हजार १९५ जना नयाँ सङ्क्रमित थपिएका हुन् । तर अघिल्लो दिन भने ३८ हजार ३५३ नयाँ सङ्क्रमित थपिएका थिए । 

केही दिन अगाडिसम्म दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएकोमा अहिले फेरि बढ्न थालेको देखिएको हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले ४६ दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम रहेको जनाएको छ । 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८७ हजार ९८७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो एक दिनमा भारतमा ३९ हजार ६९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

एउटै समयमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय अवस्थामै रहेका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ ।  भारतमा अहिले ९७.४५ प्रतिशत मानिस सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने तीन करोड १२ लाख ६० हजार ५० पुगेको छ । 

सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४८ करोड ७३ लाख कोरोना परीक्षण गरिएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप शुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोना भाइरसविरुद्धको ५२ करोड ३६ लाख डोज खोप लगाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’