२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असोजभित्र थप एक करोड खोप ल्याइने

३२ श्रावण २०७८, सोमबार ०२:२१

साउन ३२, काठमाडौं  ।  प्रधानमन्त्री शेरबहादुर देउवाले  सरकारले  आगामी  असोजसम्म  कम्तीमा एक करोड खोप ल्याउने बताएका छन्  । प्रधानमन्त्री देउवाले हाल आइसकेको एक करोड आठ लाख खोपबाहेक असोजसम्म थप एक  करोड  खोप  मुलुकमा  ल्याइने  प्रतिबद्धता  जनाए ।  

कोभिड–१९  को  महामारीले  सिर्जना  गरेको  चुनौती  र  जिम्मेवारीबारे  आइतबार  आयोजित  भर्चुअल  समिटमा प्रधानमन्त्री देउवाले आगामी चैतसम्म खोप  लगाउन  उपयुक्त  सबै  जनतालाई  खोप  लगाउने प्रण सरकारले गरेको बताए ।

यो  सप्ताहान्तसम्म  पूर्ण  मात्रामा  खोप  लगाएका ३२ लाखसहित कुल ७८ लाख जनाले कम्तीमा खोपको पहिलो डोज लगाएको र दिनको तीन लाख ६७ हजारसम्मलाई खोप लगाइएको जानकारी प्रधानमन्त्री देउवाले दिए ।

उनले  सर्वप्रथम  खोपको  व्यवस्थापन,  वितरण नै यो महामारीविरुद्ध लड्ने मुख्य उपाय हो  भन्नेमा  यो  सरकार  पूर्ण  विश्वास  रहेकोे  बताए । प्रधानमन्त्रीले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण नेपालले विगत लामो  समयदेखि  यसका  चौतर्फी  असर  भोग्दै  आएको  उल्लेख  गरेका छन् ।

सरकारको  कोभिडविरुद्धको  रणनीति  विज्ञानमा,  स्वास्थ्य  क्षेत्रका  विज्ञहरूको  सल्लाहमा  बनाउनेसमेत  प्रधानमन्त्री देउवाले बताउनुभएको छ ।

सरकारले कोभिड–१९ विरुद्धको तत्कालीन, मध्यकालीन  तथा  दीर्घकालीन  आर्थिक  पुनरुत्थानको  रणनीतिमा  काम  गरिने  जानकारी  प्रधानमन्त्री  देउवाले  दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य