२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानले पाँच क्षेत्रमा कोभिड–१९ को फैलावट रोक्न लगाएको सङ्कटकाल जारी राख्ने

३२ श्रावण २०७८, सोमबार १६:०५

साउन ३१, टोकियो,जापान (रासस/एएनआई) । जापानी सरकारले टोकियो सहरसहितका पाँच प्रशासनिक केन्द्र (प्रिफेक्चर) मा कोभिड–१९ नियन्त्रणका लागि जारी सङ्कटकाललाई लम्ब्याउन निर्णय गरेको जापानको राष्ट्रिय पत्रिका असाहीले जापानी अधिकारीलाई उद्धृत गर्दै जानकारी गराएको छ । जापानले मङ्गलबारदेखि थप तीन प्रिफेक्चरमा महामारी नियन्त्रणका लागि भन्दै सङकटकाल घोषणा गरेको हो । 

यद्यपि यस निर्णयलाई मंगलबार विज्ञपरिषद्सँगको परामर्शपछि सरकारी कोरोनाभाइरस प्रतिरोधका लागि गठित निकायको बैठकमार्फत् औपचारिकता दिइने बताइएको छ । 

कोभिड–१९ सङ्क्रमणका घटनामा हालै देखिएको वृद्धि रोक्नको लागि सरकारले मङ्गलबारदेखि टोकियो, ओकिनावा, साइतामा, चिबा, कानागावा, ओसाकाका प्रिफेक्चरमा सेप्टेम्बर १५ सम्मका लागि सङ्कटकाल अवधि लम्ब्याउने बताएको असाहीले आफ्नो समाचारमा उल्लेख गरेको छ । 

यसअघिको निर्णय अनुसार यी क्षेत्रमा अगस्ट ३१ रातिदेखि स्वास्थ्यजन्य सङ्कटकालिन अवस्था समाप्त हुने बताइएको थियो । जापानमा पहिलेभन्दा थप तीन प्रिफेक्चरहरू, क्योटो, ह्योगो र फुकुओकामा आपतकालीन अवस्था घोषणा गरिएको छ । यी क्षेत्रमा हाल हल्का प्रतिबन्धहरू मात्र लागू भएका थिए । 

टोकियोमा दैनिक सङ्क्रमितको सङ्ख्या झन्डै पाँच हजारको हाराहारीमा पुगेपछि सरकारले टोकियोसहितका प्रभावित क्षेत्रमा सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्यजन्य सङ्कटकालिन अवस्थाको घोषणा गर्न लागेको हो । 

गत हप्ता देशभर कोभिड–१९ बाट सङ्क्रमण हुनेको सङ्ख्या पहिलो पटक २० हजारभन्दा बढी पुगेको थियो ।  विशेषज्ञहरूले सङ्क्रमण वृद्धिको अवस्था एकदमै चिन्ताजनक अवस्थातर्फ गएको सुझाब सरकारलाई दिएको बताइएको छ ।

ओकिनावामा गम्भीर लक्षणहरू भएकाहरूको लागि अस्पतालको व्यवस्था गरिएका निःशुल्क शैयाको अभाव देखिएको छ भने सोमबार पहिलो पटक गम्भीर अवस्थामा भएका बिरामीहरूको संख्या एक हजार ६०० भन्दा बढी पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य