३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बढ्दो मूल्य, बैंकिङ सेवा ठप्प भएका कारण काबुलबासी थप अप्ठ्यारो झेल्दै

६ भाद्र २०७८, आईतवार ०८:५५

भदौ ६, काबुल (रासस/एएनआई)। अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ । गत हप्ता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ भने बैंकिङ सेवा ठप्प भएको पाइएको छ ।

खामा प्रेसकाअनुसार बैंक बन्द र सबैभन्दा ठूलो पैसा साट्ने बजार साराई शाहजादा बन्द हुँदा काबुलका मानिसले कठिनाइको सामना गरिरहेका छन् । सरकारी अधिकारी तथा अन्य निजी कर्मचारीले पनि आर्थिक समस्याको सामना गरिरहेका छन् किनभने यो महिना समाप्त हुनै लागेको छ र उनीहरूलाई आफ्नो तलबको कुनै छनक छैन ।

बैंकहरू बन्द गर्दा मानिसले आफ्नो बैंक खातामा पैसा भएपनि तिनीहरूले आफ्नो रकम झिक्न बैंकिङ पहुँच प्राप्त गर्न सकिरहेका छैनन् । शनिबारको दिन साराई शाहजादाले एक बयानमा बताएअनुसार मुद्रा सटही बजार केन्द्रीय अफगानिस्तानको केन्द्रीय बैंक, अफगानिस्तान–डे अफगानिस्तान बैंकमा प्रत्यक्षरूपमा निर्भर हुने भएकोले उक्त बैंकले सेवा सञ्चालन पुनःआरम्भ नगरेसम्म बन्द रहने खामा प्रेसले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ । 

निजी बैंकले अनिश्चितकालका लागि बन्द रहने घोषणा गरेका बेला सरकारी बैंक खुल्नेबारे कुनै औपचारिक घोषणा भएको छैन ।

गत हप्ता तालिबानले काबुल कब्जा गरेपछि मानिस राष्ट्र छोड्न दौडधुपमा रहेका ले अफगानिस्तानको अवस्था घट्दै गएको छ । अगष्ट १५ मा राष्ट्रपति अररफ गनीले झडप र सुरक्षाको कारण देखाउँदै विदेश पलायन भएपछि अफगानिस्तानमा अहिले सरकारबिहीन अवस्था रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’