२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानमा कोरोनाका कारण फेरि उच्च मृत्युदर

२०७८, ६ भाद्र आईतवार १६:१८

भदौ ६, तेहरान (रासस/सिन्ह्वा) । इरानमा कोरोनाभाइरसका कारण मृत्यु हुनेहरूको सङ्ख्या फेरि उच्च भएको छ । 

सरकारी अधिकारीहरूले आइतबार दिएको पछिल्लो विवरणअनुसार इरानमा कोरोनाका कारण एक दिनमा ६८४ जनाको मृत्यु भएको छ ।  

योसँगै इरानमा कोरोनभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म एक लाख दुई हजार ३८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भाइरसबाट देशभरी अहिलेसम्म ४६ लाख ७७ हजार ११४ जना सङ्क्रमित भएको इरानको स्वास्थ्य तथा चिकित्सा शिक्षा मन्त्रालयले जनाएको छ ।

तीमध्ये ३६ हजार ४१९ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् । 

कूल सङ्क्रमितमध्ये अहिलेसम्म ३९ लाख ३२ हजार ४७२ जना सङ्क्रमणमुक्त भएका छन् भने सात हजार ६६२ जना अझै पनि आईसीयूमा रहेका छन् । 

आइतबारसम्म एक करोड ६७ लाख १७ हजार ६८१ जनाले कम्तीमा एउटा खोप लगाएका छन् । तीमध्ये ५८ लाख ३० हजार ६५० जनाले दुवै खोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ