३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा विदेशी नागरिकमाथि लगाइएको यात्रा प्रतिबन्ध हट्यो

५ आश्विन २०७८, मंगलवार ०४:०५

असोज ५, वासिंगटन (एजेन्सी) | अमेरिकाले कोभिडका कारण विदेशी हवाई यात्रुका लागि लगाएको यात्रा प्रतिबन्ध नोभेम्वरदेखि हटाउने भएको छ । तर, सबै यात्रुले खोप लगाएको वा कोभिड परीक्षण गरेको हुनुपर्नेछ । कोरोना महामारी बढेसँगै १८ महिनाअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाएका थिए । अमेरिकाले लगाएको अप्रत्यासित प्रतिबन्धका कारण विभिन्न देशबाट अमेरिका गएर बसेका व्यक्तिलाई उनीहरुका छिमेकी, साथीभाई र आफन्तले  महिनौंदेखि भेट गर्न पाएका थिएनन् ।

नयाँ नियम नोभेम्बरको सुरुदेखि लागू हुने राष्ट्रपति जो बाइडेनका कोरोनाभाईरससम्बन्धी संयोजक जेफ्री जाइन्टसले जानाकारी दिए । कोभिड यात्रा प्रतिबन्ध हटाउन युरोपसहित अन्य मुलुकले अमेरिकामाथि दबाब दिदै आएका थिए । 

तर, भाईरस फैलनबाट रोक्न हवाई यात्रामा सुरक्षाका पर्याप्त उपाय अप्नाइने बताइएको छ । ‘सबैभन्दा महत्वपूर्ण पक्ष त अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकले पूर्ण खोप लगाएको हुनुपर्छ,’ जाइन्टसले भने । 

अमेरिकामा कोरोनाका कारण अहिलेसम्म ६ लाख ७५ हजार जनाको मृत्यु भइसकेको छ । अहिले पनि कोरोनाका कारण दिनहुँ औषत १५ सय जनाको मृत्यु भएको छ । नयाँ नियम अमेरिकाले स्वीकृत गरेको खोप लगाएका व्यक्तिको हकमा मात्र हो वा सबैलाई लागू हुने हो भन्ने बारेमा केही प्रष्ट पारिएको छैन् । यस बारेमा अमेरिकाको रोग नियन्त्रण केन्द्रले थप निर्णय गर्ने जाइन्टसले बताए । 

अमेरिकाका लागि विमान चढ्नुअघि यात्रुले आफूले पूर्ण खोप लगाएको र कोभिड नेगेटिभ देखिएको प्रमाण अनिवार्य पेस गर्नुपर्नेछ । नेगेटिभ देखिने प्रमाण पछिल्लो तीन दिन भित्रको हुनुपर्छ । पूर्ण खोप नलगाएका अमेरिकीले भने सोही दिन परीक्षण गरी कोभिड नेगेटिभ देखिने प्रमाण पेस गर्नुपर्नेछ । सबै यात्रुले मास्क अनिवार्य लगाउनु पर्नेछ । 

क्यानडा र मेक्सिकोबाट अमेरिका गुड्ने सबै सबारी साधनहरुमाथि लगाइएको यसअघिको प्रतिबन्ध भने कायमै गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’