२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनपछि भारतमा पनि विद्युत संकटको आशंका

२०७८, १७ आश्विन आईतवार ०२:५४

असोज १७, काठमाडौँ | एजेन्सी | चीनपछि भारतमा पनि विद्युत संकटको आशंका गरिएको छ । चीनले विद्युत र ऊर्जा संकटका कारण आर्थिक वृद्धिदरको लक्ष्य नै घटाइदिएका बेला कोइलामा निर्भरमध्येको एउटा मुलुक भारतमा पनि संकट देखिन थालेको आँकलन गरिएको हो ।

भारतीय सञ्चारमाध्यमले त्यहाँको केन्द्रीय ऊर्जा मन्त्रालयलाई उदृत गर्दै समाचारमा जनाएअनुसार १३५ पावर संयन्त्रमध्ये ७२ वटासँग आगामी दिन दिनका लागि मात्र बिजुली उत्पादन गर्न कोइला मौजदात छ । यो संयन्त्र भारतमा कुल खपतको ६६.३५ प्रतिशत बिजुली उत्पादन गर्छ । जसमध्ये ७२ संयन्त्र बन्द भएमा ३३ प्रतिशत बिजुली कमी हुनसक्ने ठानिएको छ ।

भारतमा कोरोना अघि अगस्ट-सेप्टेम्बर २०१९ मा दैनिक १० हजार ६६० करोड युनिट बिजुली खपत हुन्थ्यो भने २०२१ को अगस्ट-सेप्टेम्बरमा बढेर खपत १२ हजार ४२० करोड युनिट पुगेको छ । त्यतिखेर थर्मल पावर संयन्त्रमार्फत कुल खपतको ६१.९१ प्रतिशत बिजुली उत्पादन हुँदै आएकोमा हाल आएर १८ प्रतिशत कोइला खपत बढेको छ । तर सेप्टेम्बरमा काेइला खानी क्षेत्रमा भारी वर्षाका कारण आपूर्तिमा समस्या आएको थियो ।

भारतले कोइला उत्पादनसँगै आयात पनि गर्छ । तर,कोइला आयात पनि महँगो भइदिएको छ । इन्डिोनेसियाबाट आयात हुने कोइला दुई वर्षमा प्रतिटन ६० डलरले बढेर २०० डलर पुगेको छ । जसकारण आयात घटिरहेको भारतीय अधिकारीहरूले बताएका छन् ।

विश्वमा कोरोना संकटपछिको अर्थतन्त्र चलायमान हुन थालेसँगै चीन, भारतजस्ता ठूला मुलुकमा विद्युत संकट देखा पर्न थालेको हो । चीनको पूर्वोत्तर क्षेत्रमा कोइला आपूर्तिमा कमी आएपछि त्यहाँ विद्युत संकट बढिरहेको हो । उत्तरी चीनको टियानजिङ सबैभन्दा ठूलो बन्दरगाह पनि विद्युत आपूर्तिमा आएको समस्याले प्रभावित भएको छ । जारी ऊर्जा संकट गहिरिँदै गएमा विश्वभर विद्युतीय सामग्रीसँगै औषधि, प्लास्टिक, कार, अटोमोबाइल्ससँगै अन्य उद्योगको उत्पादनमा असर पर्न सक्ने ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु