असोज १७ , काठमाडौँ (एजेन्सी) । अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष तपाईले कत्तिको गर्मी महशुस गर्नुभयो ? यस बारेमा तपाइँले ख्याल नगरे पनि मौसमविद्हरुले भने गर्मी बढेको विषयमा निकै चासो देखाएका छन् । किनकी, जलवाय विज्ञहरुका अनुसार यो वर्षको अगस्ट निकै गर्मी महिनामध्येको एक हो ।
यो वर्षको अगस्ट पृथ्वीमा विगत १४२ वर्षमा भएका अत्यधिक गर्मी महिनामध्येको छैटौं गर्मी महिना भएको अमेरिकाको राष्ट्रिय सामुद्रिक तथा वायु प्रशासनअन्तर्गतको वातावरण सूचनाका लागि राष्ट्रिय केन्द्र एनसीइआईले जनाएको छ ।
यो अगस्टमा विश्वव्यापी सतही तापमान २० औं शताब्दीमा रेकर्ड भएको औषत १५ दशमलब ६ डिग्री सेल्सियस भन्दा ० दशमलब ९० माथि छ । भूमिको सतहको तापक्रमलाई मात्र तुलना गर्ने हो भने सन् २०२१ को अगस्ट सन् २०१६ को अगस्टपछि दोस्रो तातो महिना हो ।
सन् २००९ पछि सामान्यभन्दा तातो हुने महिनाहरू बारम्बार बढिरहेका छन् । एनसीइआईको तथ्यांकअनुसार सन् २००९ पछि गर्मी बढेका अगस्ट महिनाको संख्या १० पुगेको छ । वर्षेनी रेकर्ड नै तोड्ने गरी सतही तापमान बढ्नुमा उत्तरी आंक्षाशको तापमानमा भएको सामान्य बृद्धि हो, ’ एनसीइआईले भनेको छ ।