भदौ १, काठमाडौँ । क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराउने दर्जनबढी सवारी साधनलाई नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अघि ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, काठमाडौँ । क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराउने दर्जनबढी सवारी साधनलाई नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अघि ब"/>
२०८३, ३ जेष्ठ आईतवार
काठमाडौँ - KTM

क्षमताभन्दा बढी यात्रु राख्ने दर्जनबढी सवारी साधन कारबाहीमा

२०७३, १ भाद्र बुधबार १३:१४

भदौ १, काठमाडौँ । क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराउने दर्जनबढी सवारी साधनलाई नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अघि बढाइएको छ । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले मङ्गलबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र सरोकारवालालाई बोलाएर सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न निर्देशन दिनुभएको थियो । मन्त्रीको निर्देशन बमोजिम आज उपत्यका, काभ्रेपलाञ्चोक, धादिङ र नुवाकोटमा ट्राफिक प्रहरीले क्षमताभन्दा बढी यात्रु चढाउने एक दर्जन बढी सवारी साधनलाई कारबाहीको दायरामा ल्याएको हो । 

मन्त्री लेखकले ग्रामीण भेगमा सञ्चालन हुने सवारी साधनमा सिटमा राखिए बाहेकका यात्रुलाई ओराली सुरक्षित यात्रा गराउन सम्बन्धित सबैलाई निर्देशन दिनुभएको थियो । स्रोत र साधनका कारण विभागले सबै जिल्लामा अनुगमन गर्न नसकेको प्रवक्ता वसन्त अधिकारी बताउनुहुन्छ । 

“जिल्ला जिल्लामा विभागको कार्यालय छैन, अनुगमनका लागि सवारी तथा यातायात व्यवस्था ऐनमा व्यवस्था भएबमोजिम यातायात निरीक्षक पनि छैनन्, विभागमा अनुगमनका लागि सवारी पनि छैन”– उहाँले भन्नुभयो । 

सहरी क्षेत्रमा माइक्रो र टेम्पोमा यात्रु उभ्याएर राख्न नपाइने विभागले जनाएको छ । बसमा भने यात्रुलाई अप्ठ्यारो नपर्ने गरी उभ्याएर राख्न पाइन्छ । रुट परमिटअनुसार सवारी नचलाएको पाइएमा ट्राफिक प्रहरीले कारबाही गर्नेछ । सोमबार काभे्रपलाञ्चोकमा भएको दुर्घटनामा एकाधिकार ९सिन्डिकेट० र चालकको लापर्बाही मुख्य कारण देखिएको प्रवक्ता अधिकारीले बताउनुभयो । काठमाडौँ–जिरीको रुट परमिट लिई काभ्रेपलाञ्चोकको भित्री गाउँमा लगिनु पनि दुर्घटनाका कारण भएको विभागले जनाएको छ । 

उपत्यकामा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सात वटा सवारीलाई नियन्त्रणमा लिई कारबाहीका लागि विभागमा पठाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले बताउनुभयो । उपत्यकामा टाटा सुमो, माइक्रो र टेम्पोले पनि उभ्याएर यात्रा गराउँदै आएका छन् । अनुगमन नहुँदा यो क्रम बढेको यात्रु रामकुमार श्रेष्ठले गुनासो गर्नुभयो । 

“ठूला बसमा समेत दायाँबायाँ दुईतिर फर्काएर श्वास पनि फेर्न नसकिने गरी यात्रा गर्न बाध्य हुनुपर्छ, उपत्यकामै पनि एक ठाउँमा अर्को समितिको सवारी जान नपाउने गरी एकाधिकार लादिएकाले सहज यात्रा सम्भव छैन, सरकारी निकायको बेवास्ताले यातायात व्यवसायीलाई कसैले केही गर्न नसक्ने अवस्था छ”– उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट