2026-09-11 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पिङ खेल्न गएका दुई बालिका बलात्कृत, सशस्त्रका दुई सहायक हवल्दार पक्राउ

दाङ | दाङको देउखुरी भालुवाङस्थित दुई बालिकामाथि बलात्कारको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन्। घटनामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेका हुन्।

असोज २४ गते फूलपातीको दिन पिङ खेल्न आएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई भालुवाङस्थित पिङ लगेर बलात्कार गरिएको थियो। स्थानीयले यो घटनाको जानकारी पाएपछि पीडकमाथि कडा कारबाहीको माग गर्दै लगातार आन्दोलन गर्दै आएका छन्। आन्दोलनकारीहरूले राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रशासनले तत्काल आरोपितलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ।

सशस्त्र प्रहरी २९ न। ज्वालामाई गणमा कार्यरत उनीहरूविरुद्ध स्थानीयले बुधबार गणलाई नै घेराउ गर्दै विरोध गरेका थिए। घटनाको बारेमा आफन्तहरूले पटक-पटक उजुरी दिए पनि गणका एसपी रमेश थापाले सुनुवाइ नगरेको भन्दै पीडित पक्षले घटना लुकाउन खोजिएको आरोप लगाएका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले आरोपितहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए। घटना सार्वजनिक भएपछि स्थानीय प्रशासनमाथि पनि दबाब बढेको छ, र घटनालाई लुकाउने प्रयास भइरहेको भन्दै आन्दोलनकारीले निरन्तर प्रदर्शन जारी राखेका छन्।

यता, बलात्कार जस्तो विषयमा बेवास्ता गरेको भन्दै गणका एसपी थापा विवादमा परेका छन्। उनी सिरहाको एसपी हुँदा पनि विवादमा आएका थिए।

सिरहामा हुँदा उनी चढेको स्कारपियो गाडीले भारतीय भूमिमा भारतीय नागरिकलाई ठक्कर दिएर विवादमा आएका थिए। अहिले पनि आफ्नै कर्मचारीमाथि लागेको आरोपलाई ढाकछोप गर्न लागेर उनी विवादमा परेका छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस