2026-07-06 05:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी

काठमाडौँ | नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गा विरुद्ध दायर भएको रिट हेर्न नसक्ने भन्दै सुनुवाइ आइतबारका लागि सरेको छ। बिहीबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा मुद्दा सुनुवाइका लागि पेसी तोकिएको थियो, तर न्यायाधीशले उक्त मुद्दा हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित भएको हो।

रिट दायर गर्ने अधिवक्ता ज्ञानबहादुर बस्नेतले अन्तरिम आदेशमार्फत गुरुङले एमालेलाई दान गरेको जग्गा बदर गर्न माग गरेका थिए। सुरुमा सर्वोच्च प्रशासनले उक्त रिटलाई दर्ता गर्न अस्वीकार गरी दरपिठ गरेको थियो। दरपिठविरुद्ध निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो, जसअनुसार बुधबार रिट दर्ता भएको थियो।

सुनुवाइको पहिलो पेसी बिहीबारका लागि तोकिएको भए पनि न्यायाधीश सुवेदीले उक्त मुद्दा नहेर्ने निर्णय गरेपछि आइतबार नयाँ न्यायाधीशको इजलासमा सुनुवाइ हुने भएको छ। सुवेदीले यसअघि ललिता निवास जग्गा प्रकरणमा गुरुङसँग जोडिएको मुद्दा हेरेकाले यो मुद्दा नहेर्ने बताए।

ललिता निवास प्रकरणमा गुरुङलाई सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्दा कर्तव्य गर्न कसुर गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो। गुरुङले त्यसविरुद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन दिएपछि न्यायाधीश सुवेदी र प्रकाश ढुङ्गानाको इजलासले गुरुङको गिरफ्तारीलाई गैरकानुनी ठहर गर्न नमिल्ने निर्णय गर्दै निवेदन खारेज गरेका थिए।

व्यवसायी गुरुङले २०८१ असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माणका लागि दान गर्ने घोषणा गरेका थिए। सोही दिन प्रधानमन्त्री केपी शर्मा ओली र गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्यास गरेका थिए।

रिटमा, मुलुकको कार्यकारी पदमा बसेका नेताले विवादित व्यवसायीबाट यति ठूलो सम्पत्ति दान लिएको घटनालाई भ्रष्टाचारको संज्ञा दिँदै दान बदर गर्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा