2026-06-28 07:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकासँग वार्ता गर्न इरानले राख्यो यस्तो शर्त

2021-10-03

असोज १७, काठमाडौँ , एजेन्सी। अमेरिकासँग वार्ता गर्न इरानले विभिन्न शर्त राखेको छ। इरानले अमेरिकामाथि परमाणु वार्ता सुरु हुनुअघि अमेरिकाद्वारा रोक्का गरिएको १० अर्ब डलर फुकुवा हुनुपर्ने शर्त अघि सारेको हो। इरानको परमाणु कार्यक्रम रोक्न सन् २०१५ मा इरान र शक्ति राष्ट्रबीच सहमति भएको थियो।

तर, अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौताबाट हात झिक्दै इरानविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेका थिए। राष्ट्रपति जो बाइडेनले सो सम्झौतामा अमेरिकालाई पुनः आवद्ध गर्ने प्रयास जारी राखेका बेला इरानले यो शर्त अघि सारेको हो।

इरानी विदेशीमन्त्री हुसेन आमिरले परमाणु वार्ता निम्ति अमेरिकी अधिकारीहरू अघिल्लो महिनादेखि नै आफूलाई आग्रह गरिरहेको तर आफूले अमेरिकी पक्षबाट रोक्का गरिएको १० अर्ब डलर फुकुवा हुनुपर्ने शर्त राखेको जानकारी दिएका छन्।

अमेरिकाले रकम फुकुवा गरे सो कदमलाई इरानले सद्भावना संकेतका रूपमा लिने हुसेनको भनाइ छ। अमेरिकाले सीधा वार्ता गर्नका लागि गरेको प्रस्तावलाई पनि इरानले अस्वीकार गरेको छ। गत जुनदेखि अप्रत्यक्ष वार्ता पनि रोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी