२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँमा देखिँदैनन् युवा, भेटिँदैन पिङ

२०७८, २७ आश्विन बुधबार ०८:०१

असोज २७, लमजुङ | वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यतले पिङ हाल्ने र दसैंँमा पिङ खेल्ने चलन छ । तर हिजोआज यस्ता सँस्कृति बिस्तारै हराउँदै गएका छन् । सँस्कृतिकै रुपमा विकास भएको पिङ संरक्षणका लागि स्थानीय संस्था तथा व्यक्तिले पनि चासो नदेखाएको बेसीशहर–८ का कमला केसी बताउँछिन् ।

आधुनिक जीवनशैली र युवापुस्तामा सँस्कृति संरक्षणमा मोह नहुँदा लमजुङका ग्रामीण भेग र बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको छ । ‘पिङ किशोर, युवादेखि वयस्कसम्म सबै मानिसको रुचीको विषय हो’ कमलाले भनिन्, ‘केही वर्षअघिसम्म टोलटोलमा पिङ हाल्ने चलन थियो तर अहिले गाउँमा एउटा पिङ पनि नदेख्दा चिन्ता लाग्छ ।’ केही वर्षअद्धिसम्म समुदायका सबै जुटेर पिङ राखेर खेल्ने गरेको उनले सम्झिइन । 

आजभोलि लिंगे पिङ तथा रोटे पिङ लोप हुने अवस्थामा पुगेको सुन्दरबजार नगरपालिका–८ भोटेवडारका डम्बरबहादुर अधिकारी पनि बताउँछन् । ‘पिङ खेल्ने रहर धेरै छ, रहर भएर मात्र के गर्नु, पिङ हाल्ने हाल्ने मान्छे समेत गाउँमा पाउन छाडिसके उनले गुनासो गरे । उनी भन्छन्, ‘दसैंँतिहारमा अनिवार्य जस्तै बनेको पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको छ ।’

दोर्दी गाउँपालिकाका कृष्ण नेपाली गाउँमा कतै पिङ नदेखेपछि दसैं खल्लो भएको बताउँछन् । ‘पहिले टोलटोलमा पिङ थाप्ने प्रतिस्पर्धा नै हुन्थ्यो तर यसवर्ष मुस्किलले देखिन्छ ।’ कोरोना महाकारी र युवाहरूमा पिङप्रतिको अकर्षण घटेकाले पनि यस्तो भएको हुनसक्ने उनले बताए ।


सँस्कृति हस्तान्तरण नहुँदा समस्या : गुरुङ 

नेपाली मौलिक परम्परा तथा सँस्कृति युवापुस्तामा हस्तान्तरण गर्न नसक्दा आफैँले संस्कृतिको लोप भएको देख्नुपरेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए । उनले भने, ‘बेरोजगारीका कारण युवा गाउँमा नबस्दा पिङ बनाउने सँस्कृतिसँगै बडादसैंँका बेला गाउँका बाटा, पाटी पौवा, सार्वजनिकस्थल सरसफाई गर्ने परम्परासमेत हराउँदै गएको छ ।’ सार्वजनिक स्थलमा भेटिने पिङहरू मानिसको मनोरन्जनको साधनका रुपमा लिइने चलन थियो । पछिल्ला वर्षहरूमा सूचना प्रविधिको क्षेत्रमा भएको विकासले मानिस एक्लै रमाउन थालेका छन् । सार्वजनिक स्थल, समूहमा रमाउनेहरू बिस्तारै कमी हुँदा पिङ खेल्न संस्कृति नै हराउँदै गएकोमा बुढापाकाहरू चिन्तित छन् । 

‘दसैंँका बेलामा बस्तीका टोलटोलमा पिङ हाल्न लागि आतुर हुने र खेल्नका लागि तछाडमछाड गर्ने देखिन्थ्यो, तर पछिल्ला वर्षमा युवा पुस्तालाई पिङप्रति चासो नै छैन,’ अध्यक्ष गुरुङले भने । युवापुस्ता पिङप्रति आकर्षित हुन नसक्दा पिङ खेल्ने संस्कृति नै हराउन थालेको हो लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले भने व्यावसायिक प्रयोजनका लागि सञ्चालन हुने मेला, महोसत्वमा नै मानिस आधुनिक ढंगका पिङ खेल्न पाइने भएपछि पिङप्रतिको रुचि कमजोर हँुदा दसैंँ तिहारमा खेलिने पिङ प्रविधि नै लोप हुने अवस्थामा पुगेको हो । युवा पुस्ता पिङप्रति आकर्षित छैनन् जसका कारण पिङ नै पहिलाभन्दा कम हालिने उनको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ