४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोप २६ सम्मेलनः सन् २०३० सम्म वन फडानी रोक्ने एक सय देशको प्रतिबद्धता

१६ कार्तिक २०७८, मंगलवार ०२:५९

कात्तिक १६, लन्डन | एजेन्सी | बेलायतको ग्लास्गो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ मा विश्व नेताहरूले वन फडानीलाई सन् २०३० सम्ममा रोक्ने प्रतिबद्धता जनाएका छन् । 

प्रतिबद्धतामा ब्राजिलले पनि हस्ताक्षर गर्ने भएको छ । ब्राजिलको अमेजनस्थित जंगल फडानी हुँदा ठूलो संख्यामा जीवजन्तु संकटमा पर्नुका साथै वातावरणमा नकरात्मक असर परेको छ । 

जंगलको संरक्षण र बृक्षारोपणको लागि अझै धेरै रकम जुटाउन पनि विश्व नेता सहमत भएका छन् ।  वन फडानी रोक्ने सम्झौतामा १०० भन्दा बढी मुलुकले हस्ताक्षर गर्ने भएका छन् । 


त्यस्तै, २८ देशका सरकारले विश्वव्यापी खाद्यन्न बजार र कृषिजन्य उत्पादनका कारण हुने वन विनाश रोक्ने प्रतिबद्धता जनाउने भएका छन् । चरन वा जनवारलाई खानेकुरा उत्पादनका लागि रुख काट्दा जंगल विनाश भइरहेको छ । 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पृथ्वीको वन संरक्षण र वृक्षारोपणका लागि विश्व नेताबीच एतिहासिक सम्झौता हुन लागेको जानाकारी दिएका छन् ।

विश्वका सर्बाधिक ठूला कम्पनीहरुमध्ये ३० कम्पनीहरूले जंगल फडानीसँग जोडिएका गतिविधिमा गर्दै आएको लगानी रोक्ने प्रतिबद्धतसमेत जनाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’