एजेन्सी | यो संसारमा एउटा यस्तो गाउँ पनि छ जहाँ छोरीहरु जन्मिएको केही समयपछि आफसेआफ छोरा बन्दछन् । यो कुरा तपाईलाई पत्यार लाग्ने कुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | यो संसारमा एउटा यस्तो गाउँ पनि छ जहाँ छोरीहरु जन्मिएको केही समयपछि आफसेआफ छोरा बन्दछन् । यो कुरा तपाईलाई पत्यार लाग्ने कुर"/>
३० मंसिर २०८२, सोमबार
काठमाडौँ - KTM

अचम्मको गाउँ, जहाँ छोरी जन्मिसकेपछि आफसेआफ छोरा बन्छन्

३ भाद्र २०७३, शुक्रबार ०७:४८

एजेन्सी | यो संसारमा एउटा यस्तो गाउँ पनि छ जहाँ छोरीहरु जन्मिएको केही समयपछि आफसेआफ छोरा बन्दछन् । यो कुरा तपाईलाई पत्यार लाग्ने कुरा हैन । तर बास्तबिकता हो यो । 

डोमिनिकन रिपब्लिक भन्ने देशमा रहेको सेलिनास भन्ने गाउँ दुनियाको यस्तो विचित्र गाउँ हो जहाँ छोरी भएर जन्मिएका बच्चाहरु १२ वर्ष पछि आफै छोरा बन्छन् । यो कुनै चटकी वा जादुको कुरा भने होइन । छोरी भएर जन्मिएका बच्चाहरु १२ वर्षको हुँदा शारीरिक तथा जैविक रुपबाटै छोरामा परिणत हुन्छन् । महिलाको जस्तो यौनांग लिएर जन्मिएका बच्चाको यौनांगको स्वरुप पनि बदलिएर पुरुषको जस्तै बन्दछ ।

यो कुनै चमत्कार नभई एक किसिमको आनुवंशिक रोगका कारण यस्तो भएको हो । वास्तवमा शिशुहरुमा गर्भमै छँदा यो रोगको सिकार बन्छन । आनुवंशिक विकारका कारण भ्रुणलाई आवश्यक इन्जाइम प्राप्त हुँदैन । जसका कारण बच्चामा पुरुषको सेक्स हर्मोन नगन्य मात्रामा हुन्छ । जसको असर बच्चाको लिंगमा पनि देखिन्छ । बच्चाको लिंग यति छोटो हुन्छ की उनीहरु जन्मिँदा बच्चा छोरा हो की छोरी हो छुट्ट्याउन गाह्रो हुन्छ ।

तर जब बच्चा १२ वर्ष पार गर्दछ उसको सरीरको सुसुप्त यौनांग विकशित हुन थाल्दछ र पहिले स्त्री यौनांग जस्तो आकृति बल्ल पुरुष यौनांग जस्तो बन्दछ । यसरी १२ वर्षपछि मात्र बाबुआमाले आफ्नो बच्चा खासमा छोरा हो वा छोरी हो भन्ने कुरा पत्ता लगाउन सक्दछन् । १२ वर्षसम्म छोरी भनेका बच्चाहरुलाई १२ वर्षपछि एकाएक छोरा भन्नुपर्ने हुन्छ ।

छोरी सोँचेर सानोमा जामा लगाइदिएका बच्चाहरु जब १२ वर्ष पुगेपछि छोरा भएको पत्तो लाग्छ तब लुगा देखि लिएर सबै खाले व्यवहारमा परिवर्तन आउन थाल्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली