2026-06-18 05:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियामा किमको रोजाइमा परेको लेदर कोट लगाउन सर्वसाधारणाई प्रतिबन्ध

2021-11-26

मंसिर १०, प्योङयाङ, एजेन्सी |  उत्तर कोरियाले सर्वसाधारणलाई लेदरको कोट लगाउन प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाका तानाशाह किम जोङ उनको मुख्य रोजाइ रहेकोले सर्वसाधारणलाई कोट लगाउन प्रतिबन्ध लगाइएको हो । 

उन सबैभन्दा पहिला सन् २०१९ मा लेदर कोटमा देखिएका थिए । त्यसपछि सो कोट यति प्रख्यात भयो की उनको अनुशरण गर्दै त्यहाँका कुलीन वर्गले सो कोट लगाउन थाले । चिसो मौसम सुरू भएसँगै लामो लेदर कोट फेसन जस्तै भएको छ । 

तर, पछिल्ला समयमा प्रहरीले कोट बिक्रीमा प्रतिबन्ध लगाएको छ । पसलेलाई कोट बिक्री नगर्न र अटेरी गरे जफत गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । 

‘उच्च मर्यादित व्यक्ति जस्तो देखिन लुगा लगाउनु भनेको व्यक्तिलाई चुनौती दिनु पनि हो,’ एक प्रहरी अधिकारीको भनाई उदृत गर्दै एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेको छ ।  

विशेष लुगा कसले लगाउने भन्ने विषय पार्टीको अधिकार भएकोले सर्वसाधारणलाई छालाको कोट नलगाउन उर्दी जारी गरिएको ती अधिकारीले बताए । 

यसै साता चीनसँगको सीमा खुला गरिएपछि सेप्टेम्बरमा कोरियाली बजारमा किमले लगाउने जस्तै कोट देखिएका थिए । केही व्यापारीहरुले चीनबाट कच्चा पर्दाथ आयात गरेर स्वदेशमै कोट सिलाएका थिए ।  

सन् २०१९ मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेट वार्तामा किम लेदर कोटमा सजिएका थिए ।

किमका बुबा र हजुरबुबा माओ शैलीको ज्याकेट र कालो चस्माका सोखिन थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु