मंसिर १४, सिड्नी, एजेन्सी | अस्ट्रेलियामा कोभिडका विरामीलाइ राख्ने अस्पतालमा अागो लागेपछि एक महिला पक्राउ परेकी छन् । अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित एउाट होटलबाट ३१ वर्षीया एक महिला पक्राउ परेकी हुन् । अाफू बसेको होटलको बेडमा अागो लगाएको उनीमाथि अारोप लागेको छ । उनी अाइतबार दुइ बच्चासहित ११ तले प्यासिफिक होटेलमा बसेकी थिइन् ।
अागो लागेपछि १६० जनालाइ होटलबाट बाहिर निकालिएको थियो । अागलागीमा कोही पनि घाइते भएका छैनन् । अस्ट्रेलिमा नयाँ भेरियन्टको भाइरस देखिरहेका बेला अागलागीको घटना सार्वजनिक भएको हो ।
अोमिक्रोन भाइरस सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । यसलाइ विश्व स्वास्थ्य संगठनले भाइरस अफ कन्सर्न घोषणा गरेको छ । भाइरस देखिएपछि अस्ट्रेलियाले दक्षिण अफ्रिका, नामिविया, जिम्बाबे, बोत्स्वाना, लेसेथोलगायतका अफ्रिकी देशहरुसँगको हवाई यात्रा प्रतिबन्ध लगाएको छ ।
कोभिड नियन्त्रण गर्ने भन्दै अस्ट्रेलियाले विभिन्न देशहरुसँगकाे सीमामा लगाएको प्रतिबन्ध एक महिनाअघि मात्र हटाएको थियो । नयाँ भेरियन्ट देखिएपछि पुनः प्रतिबन्ध लगाउने बारेमा अस्ट्रेलियाले कुनै निर्णय गरेको छैन् ।